स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्धारा सचेत रहन आग्रह


 कोभिड संक्रमणबाट आफु पनि वचौं, अरुलाई पनि वचाऔ भन्दै स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सर्बसाधरणमा स्वास्थ्यमापदण्ड प्रयोग गर्न  अनुरोध गरेको छ ।स्वास्थ्य कार्यलयका प्रमुद दुर्गा दत्त चापागाइले कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोश्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा पनि पर्न थालेका ले सर्ब साधरणलाइ  सचेत रहन अनुरोध गर्नु भएको हो । उहाले कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोश्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा पनि पर्न थालेको छ । सिन्धुपाल्चोक जिल्लामा पनि कोभिड संक्रमण दर अप्रत्यासित रुपमा वढन थालेकोले यसबाट वच्न निम्न उपायहरु अपनाऔं÷अपनाउन लगाऔं


अति आवश्यक काम नपरेसम्म घरबाट वाहिर ननिस्कौ ,घरबाट वाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं ,मानिसहरुको विचमा जाँदा न्युनतम २ मिटरको भौतिक दुरी कायम गरौं ,कुनै चिज वा सतहमा छोएपछि अनिवार्य रुपमा र अन्य अवस्थामा पनि वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरांै ,सार्वजनिक यातायातमा यात्रा गर्दा वा वजार÷भिडभाडमा जानुपर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं र वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरांै ,मेला, महोत्सव, भेला आदि आयोजना नगरौ÷सहभागी नवनौं ,विवाह, मृत्युसंस्कार आदि सामाजीक÷सास्कृतिक कार्यहरुमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड पालना गरौं ,संक्रमण प्रभावित स्थानहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा २ हप्तासम्म होम क्वारेन्टाईनमा वसौं र अरुले पनि उहाँहरुलाई होम क्वारेन्टाईनमा बस्न सहयोग   गरौं ,आफ्नो घर वा छरछिमेकमा कसैलाई कोभिड १९ संग मिल्दो (ज्वरो आँउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने, जिउ दुख्ने आदि) लक्षण देखिएमा नजिकका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी वा स्थानीय तहमा सम्पर्क गरौं ,संक्रमित व्यक्तिहरु संग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुले परिक्षणको लागि स्थानीय तहमा सम्पर्क गरौं , जोखिममा परेका र संक्रमणको शंका भएका व्यक्तिहरु परिक्षण रिपोर्ट नआउँदासम्म आनिवार्य रुपमा होम क्वारेन्टाईनमा बसौं भन्नु भएको छ ।




, , ,