थामी सँग्रालय बनाउँदै त्रिपुरासुन्दरी


कल्पना थामी 

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर चारमा थामी सँग्रालय बन्ने भएको छ ।  

थामीहरुको छुट्टै पहिचान बोकेको भाषा भेषभुषा र साँस्कृतीक हरु समेटेर सँंग्रालय निर्माण गर्न  लागीएको हो । पिस्कर महादेवथानमा लागेको मेलामा ज्यान गुमाउँनु भएका धुस्कुनको  ईली थामी र विरबहादुर थामीको नाम यो सग्रालयको  भबनमा पनि जोडिएको छ। 


मिति २०४० साल माघ एक गते पिस्कर महादेवथानमा लागेको मेलामा ईली थामी र विरबहादुर थामीले ज्यान गुमाउनु भएको थियो। यस वडालाई त्रिपुराको नमुना वडाको रुपमा चिनिन्छ। यस भबनमा पहिलाका पुरानो सिष्णुबाट बनेका मानिसहरुले लगाउने फेङ्गा कपडा, थामीहरुको बाजा मादल, बाँसुरी, झ्याम्टा, ढ्याँग्रो, झ्याली,  आदि साँस्कृतिक झल्कने सामानहरूको सदुपयोग गर्ने र पुरानो माटो र काठबाट बनाइने बिभिन्न पुराना सामानहरु राखी यस भवनलाई सजावट गरि आफ्नो पहिलाको पुराना साँस्कृतिकको लोभ हुन नदिन सग्रालयको स्थपना गर्न लागेको वडा अध्यक्ष भोटोलो थामीले बताउनु भयो । उँहाका अनुसार  पचहत्तर लाखको लागतमा भवन निर्माण गरिएको हो ।  थामी सँग्रालय भवन निर्माण गर्न लाई  पालकिाले सहयोग गरेको थियो ।  आफ्नो भाषा  साँस्कृतिक जोगाएर राख्न त्यहाँका बासिन्दाहरुले जोड दिईरहेका छन । 


, , , ,