ठोकर्पा थामडाँडा भ्यु–टावर उद्धघाटन


सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाको थामडाडामा भ्यू टावर निर्माण भएको छ । ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा सहीत शनिवार पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर वस्नेतवाट टावरको उद्घाटन गरिएको छ ।


पर्यटकीय संभावना रहेको सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र वनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले वताउनुभयो । पर्यटकीय हवको रुपमा विकास भएको सुकुटे वाट नौ किलोमिटरको दुरीमा भ्यू टावर निर्माण गरिएको छ । गाउँपालिकाको अधिकांश स्थान, जिल्लाको सुनकोशी र भोटेकोशीको तटीय क्षेत्र, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको रमणीय वस्तीहरुको भ्यू टावरवाट अवलोकन गर्न सकिने छ । ‘सुकुटे सम्म आउने पर्यटकलाई भ्यू टावर सम्म ल्याउने, पर्यटनका माध्यमवाट आर्थिक उपार्जनमा बृद्धि गराउने हाम्रो उदेश्य हो’–जिसीले भन्नुभयो । गाउँपालिकाले एक करोड २५ लाखमा टावर निर्माण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी  ‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा नै लिएर सुनकोशी क्षेत्रको विकास भैरहेको र यसलाइ सार्थक वनाउने हाम्रो दायित्व हो’– पूर्व मन्त्री वस्नेतले भन्नुभयो । कोभिट को महामारिमा सुनकोसि बासिलाई अलपत्र परे गाडि को ब्यबस्था गर्नुका साथै  एम्बुलेन्स र आर्थिक अबस्थामा कमजोर हुने लाई उपचारमा सयोग गर्ने समेत बस्नेतले बताउनु भयो।

 ठोकर्पा भौगोलिक, राजनीतिक र सामाजिक हिसावले पनि परिचित स्थल भएकोले यसको थप प्रचार र प्रबद्धनमा स्थानीय सरकार लागिपरेको सुनकोशी –२ का अध्यक्ष पूर्ण वहादुर महतले जानकारि दिनुभयो । सुनकोसी २का वडा अध्यक्ष  पुर्ण बहादुर महत को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो माक्स, सेनिटाईजर ,स्वस्थ टोलि सहित समाजिक दुरि कायम गरि कार्यक्रमको उद्धघाटन गरिएको हो। 


, , ,