पुर्ब मन्त्री बस्नेत द्धारा कोभिड अस्पताल उद्धघाटन


कुमार बस्नेत अधिराज

सिन्धुपाल्चोकमा पुर्ब सुचना तथा संचार मन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत ले खाडीचौर स्थिति सिन्धु सदबाहार अस्पतालमा कोभिड अस्पतालको उद्घघाटन गर्नु भएको छ ।


सिन्धुपाल्चोक जिल्लामा बढिरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि कोरोना उपचार केन्द्र सञ्चालनमा आएको बस्नेतले वताउनु भयो । १ महिनामा १०० बेड र अक्सिजन सहितको कोभिड –१९ अस्पताल खोल्ने प्रतिबद्धता गर्नुभएको १४ दिनमा उहाले २५वटा अक्सिजन सिलिन्डर सहितको बेड भएको अस्पतालको उद्घघाटन गर्नु भएको हो । सो अवशरमा उहाले सिन्धु सदबाहार अस्पताल केन्द्रमा २५वटा अक्सिजन सिलिन्डर सहितको बेड थप्ने अर्को  केन्द्रमा पनि अक्सिजन र बेड सहितको कोभिड –१९ उपचार केन्द्र बन्ने जानकारी दिनुभयो ।


, , , , ,