तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न

 बिष्णु निश्चल काठमाण्डौ ।तङ इल मोदो संघ नेपालको आयोजनमापहिलो पटक अनलाइनबोन(काता) प्रतियोगिता –२०२१ सम्पनभएको छ ।


कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिकरूपमा खेलकुद गतिविधि गर्न असम्भव जस्तै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँउर्जा र उत्साहजगाउनप्रतियोगिताको आयोजनागरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताउँनु भयो  ।

प्रतियोगिताअप्रिल७ देखि मे ७ ,२०२१ सम्म एक महिनालगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा  देशभरिबाट छनोट भएर आएका  ३५ जना खेलाडीहरु बीचप्रतिस्पर्धा भएको थियोे जसबाट २० जना खेलाडी सेमिफाइनलमाप्रवेश गरेका थिए र सेमिफाइनल बाट  प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाशश्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतियोगीतामाफाइनलमाप्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुषएकलबोन (काता) समुहमाबिस्वजित गुरुङ (ईलाम ) ले स्वर्ण ,तिर्थ चौधरी (कैलाली )ले  रजत ,धिरज चौधरी ले (कैलाली ) कास्य र सरोज सुब्बा (झापा ) ले कास्यपदकजित्न सफल हुनु भएको छ । यस्तै कलर बेल्ट पुरुषएकलकातातर्फ प्रथम राई (झापा ) ले स्वर्ण , सुजन श्रेष्ठ (झापा ) ले रजत ,सागर साही (कैलाली ) ले कास्य र पर्बत तोलाङ्गी ( झापा ) ले कास्यपदकजित्न सफलभए । त्यस्तैगरि  कलर बेल्ट महिलाएकलकातातर्फ निर्जलन चौधरी (कैलाली ) ले स्वर्ण ,रितु चौधरी ( कैलाली ) रजत ,बिपना बिष्ट (कैलाली ) कास्य र करुना बिष्ट ( कैलाली ) ले कास्यपदकजित्न सफलभएतथा टिम कातातर्फ झापाको टिम प्रथमभएर बिस्वजित गुरुङ ,सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक , टिम चितवन दोस्रो भएर श्यामकुमार बाचे ,बादलथापा मगर र सुसान गुरुङले रजतपदक र टिम कैलाली तेस्रो भएर सागर साही ,रितु चौधरी र निर्जलन चौधरीले कास्यपदकजित्न सफल हुनु भएकोथियो । 


अनलाइनबोन (काता) प्रतियोगिता –२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथाअन्तर्राष्ट्रिय क्षेत्र बाट विशिष्ट ब्यक्तिहरु अनलाईन सहभागिभई बिजय खेलाडिहरुलाई प्रमाण पत्रतथा ट्रफि प्रदान गरेका थिए । तङ इल मोदो संघका अध्यक्षसन्तोष कुमार पौडेले अध्यक्षतामाभएको समारोहमा,राष्ट्रिय खेलकुद परिषदबोर्ड सदस्यश्रीमती ईन्दिरा निरौला,तङ इल मोदो अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको,अन्तर्राष्ट्रिय महासचिव डा. भेनस जिअगस्तिनएसियामहादेशकाअध्यक्ष मास्टर बर्नाडिनो जिभिलागान्ते मास्टर क्लेरान्स म्वाकिओ ईनगाल्वा , अन्तर्राष्ट्रिय प्राध्यापक रिचेल जालिपा, बिश्वशान्तितथाएकिकृत परिवार संघका अध्यक्षप्रकाशबाबु थापालगायतको सहभागिताथियो ।  


पदकबिजेता खेलाडीहरुको नामजर्ज दिपेन्द्र ठाकुरले घोषणा गर्नु भएको थियो भने कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिबेदन केन्द्रिय सदस्यदिपकबास्तोला प्रस्तुत गर्नु भएको थियो । भर्चुअल पुरस्कार समारोहमा सहभागीअतिथिहरुले आ–आफ्नो तर्फबाट प्रतियोगिता सफलतापुर्वक सम्पन्नभएकोमाबधाई तथापदकबिजेता खेलाडीहरुलाई दिदै  कोभिडको माहामारिमापनिअनलाइनको माध्यमबाट प्रतियोगिताआयोजना गरेर खेलकुदलाई गतिशीलबनाएकोमाआभार ब्यत्त गरेका थिए । समापनकार्यक्रमको सञ्चालनउपाध्यक्षप्रकाशश्रेष्ठले गर्नु भएको थियो । तङ इल मोदो संघ राष्ट्रय खेलकुद परिषदमा १२८ औ नंम्बर दर्ता भएको खेल हो । 



, , , ,