सिन्धुपाल्चोक ३बिद्यार्थी द्धारा बिरोध


सिन्धुपाल्चोक जिल्लाका तिन बिद्यार्थी सङ्गठनले निर्बाचनको बिरोधगरेका छन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस ,माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष का बिद्यार्थीहरुले बिज्ञेप्ती निकालेर बिरोध गरेका हुन ।


नेविसंघ जिल्ला अध्यक्ष दावा ग्याल्बु लामा अनेरास्ववियु जिल्ला अध्यक्ष रवि भण्डारी र अखिल क्रान्तिकारीका अध्यक्ष मिलन लामाले संयुक्त रुपमा वक्तव्य जारी गर्दै सर्वोच्च अदालतले पुनस्थापना गरेको संसदको दोस्रो पटक विघटन गरी सार्वभौम जनतामाथि निरंकुश र अधिनायकबादी डकैती गरेको आरोप लगाएका छन् । उँहाहरुले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै विघटनको विरोध गर्नु भएको हो । जारी बिज्ञप्तीमा संसद विघटनले संविधान माथि प्रहार भएको, सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको, केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएकोले संसदीय मुल्य मान्यता र परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भईसकेको प्रमाणित भएको छ विज्ञप्तिमा उल्लेख छ।जारी वक्तव्यमा कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पताल बेड, अक्सिजन, औषधीको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेबारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड र अपराध हो । सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसदको विघटन विरुद्ध एकजुट हुदै आ–आफ्नो ठाउबाट प्रतिरोध गर्नका लागि सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा संयुक्त विद्यार्थी आन्दोलनमा होमिन अपिल गर्दछ विज्ञप्तिमा जनाइएको छ ।


, , , ,