हेलम्बुको बस्ती बस्तीमा स्वास्थ्यकर्मीको टोली


रूपक पुरी


   हेलम्बु गाउँपालिकाले गाउँ बस्तीमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।गाउँमा  मौसमी रुघाखोकीको विरामी बढेपछि बुधवारवाट आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँ बस्तीहमा परिचालित भएका हुन्।बुधबार हेलम्बु गाउँपालिकाको २ को भिरखर्क र चुरेटार क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।बिहिबार वडा नम्बर ५ को खरबुजे लगायतका गाउँहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने अध्यक्ष शेर्पाले बताउनुभयो ।टोलिले स्वास्थ्यमा समस्या, केही जिज्ञासा तथा सुझावहरु भए स्वास्थ्यकर्मीको टोली समक्ष राख्न पनि अनुरोध गरेका छन्।




, , ,