पर्यटन क्षेत्रमा परेको असर वारे छलफल


 –ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल ९टान० ले पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श गरेको छ । आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, सचिव डा। सिन्धु ढुङ्गाना, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल ९टान० का अध्यक्ष खुम बहादुर सुवेदी, टानका पुर्व अध्यक्ष एवम् महासचिवहरु, टान केन्द्रिय समिती एवम्  पोखरा टानका पदाधिकारीहरु लगायतले कोभीड १९ बाट पर्यटन क्षेत्रमा परेको असर र यसको समाधानवारे छलफल भएको हो । 

बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बजेट तर्जुमा, नीति निर्माण र कार्यक्रम पस्कन सघाउ पुग्ने बताए ।  मन्त्री नेपालले कानुनी व्यवस्था, संरचनात्मक व्यवस्था  मानव शंसाधन लगायतका प्रतिकुलतामा प्रदेश मन्त्रालय गुज्रिरहेको बताउदै पर्यटन क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सरकार लागि पर्दै आएको जनाए । साथै, उनले आन्तरिक पर्यटनलाई उठाउने, पुर्वाधार निर्माणमा जोड दिने, मजुदुर र व्यवसायीका समस्यालाई बजेट  मार्फत सम्बोधन गर्ने प्रयत्न गर्ने उल्लेख गरे । 

बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण सचिव  डा। सिन्धु ढुङ्गानाले प्रदेश सरकारलाई फाईल प्राप्त भए पनि अन्य स्रोतको कमी रहेको जानकारी दिए । असाढमा आउने आर्थिक विधेयक मार्फत नै नविकरण र राहतको बिषयलाई सम्बोधन गर्ने गरि छलफल गरिएको उल्लेख गरे । 

ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल ९टान० का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन गतिविधीलाई अघि बढाउन नसकिएको अवस्थामा भावी दिनमा यस क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ र प्रदेश सरकारले कस्तो भूमिका खेल्न सक्छ भन्ने बिषय चासोको बिषय रहेको उल्लेख गरे । टान अध्यक्ष सुवेदीले प्रदेश सरकारले बिना धितो २५ लाखसम्म सहुलियतपूर्ण ऋृण उपलब्ध गराउनुपर्ने, मजदुरका समस्या समाधान गर्नुपर्ने, हात्ती वनमा रहेको प्रदेश पर्यटन कार्यालय मुख्य शहरी भेगमा सार्नु पर्ने, नविकरण गर्ने मिती बढाउनु पर्ने माग अघि सारेका थिए ।

ब्ब

, ,