काँग्रेसद्धारा प्रधामन्त्रीको बिपक्षमा मतदान गर्ने

नेपाली काँग्रेस संसदीय दलको २५ गते बसेको बैठकले प्रधानमन्त्री श्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । उक्त कुरम नेपाली काँग्रेका बिजयेन्द्रबिर आलेले बिज्ञेप्ती जारि गरि जानकारी दिनु भएको छ । उँहाद्धारा जारि बिज्ञेप्तीमा 



नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दलको बैठक संघीय संसद भवन, ल्होत्से हाल नयाँ बानेश्वरमा बस्यो । बैठकमा निम्न विषयहरु माथि छलफल भई देहाय बमोजिका निर्णयहरु भयो भनी जानकारी दिनु भएको छ । बिज्ञेप्तीमा 

  नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २१ गतेको बैठकले पारित “प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने” प्रस्ताव अनुमोदन गर्दै प्रतिनिधि सभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री श्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गर्दछ । साथै अन्य राजनीतिक दलहरुलाई पनि विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दल आग्रह गर्ने । 

संविधानको मर्म र भावना विपरित वर्तमान सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐनलाई आफू अनुकुल  संशोधन गरी अध्यादेश जारी गरेको प्रति नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ । यसरी पटक–पटक संघीय संसदलाई छलेर जारी भएको अध्यादेशबाट गरिने निर्णय नेपाली कांग्रेसलाई मान्य हुने छैन । तसर्थ संवैधानिक परिषदको कार्य क्षेत्रलाई संकूचित गर्ने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेताको सहभागी नहुने संसदीय दलको बैठकले निर्णय गर्दछ । साथै संवैधानिक परिषदका अन्य सदस्यहरुलाई बैठकमा सहभागी नहुन आग्रह गर्ने ।

कोभिड–१९ को महामारीले हामी सबैको जनजीवनलाई अस्तव्यस्त बनाएको छ । संक्रमितको संख्या प्रत्येक दिन हजारौं बढिरहेको र मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ । कैयन संक्रमितहरु एम्बुलेन्सको अभावमा उपचारका लागि अस्पताल पुग्न पाएका छैनन्, अस्पताल पुगेर पनि बेड पाएका छैनन्, बेड पाएर पनि अक्सिजन पाएका छैनन् र उपचार पाएकाले खर्च जुटाउन सकिरहेका छैनन् । यस्तो कहाली लाग्दो अवस्था भईसक्दा पनि प्रधामन्त्री लगायत सरकारका जिम्मेवार अधिकारीको जनतालाई परेको दुःखकष्ट र शोक प्रतिको वेवस्ताले नेपाली कांग्रेस संसदीय दल अचम्मित र आक्रोशित भएको छ । 

कोरोनाको दोश्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले विज्ञहरुको सुझाव र हाम्रो पार्टीको माग प्रति संवेदनशील भएको भए र समय मै तयारी गरेको भए जनताको जीवन जोगाउन र यो संकट आउनबाट बचाउन सकिन्थ्यो । तर सरकार आफ्नो काम कर्तव्यबाट सम्पूर्ण रुपमा असफल भइसकेको छ । सरकारको अकर्मण्यता, अयोग्यता र अनुदार कार्यले आज अपुरणीय क्षति भएको छ । यो विषम परिस्थितिमा जनतालाई सु–सूचित गर्दै जनताको जीवन रक्षाका पक्षमा सरकारलाई काम गराउन संसद भित्र नेपाली कांग्रेस संसदीय दल निरन्तर सक्रिय भएर लागि रहने छ । 

कोभिड १९ को रोकथाम र न्यूनिकरणका निम्ति छिटो भन्दा छिटो सबै नागरिकलाई खोप लगाउने सरकारको प्राथमिकता हुनुपर्नेमा कमिशनका कारण नेपालीहरुले खोप पाउनुबाट बञ्चित हुनु दुःखद पक्ष हो । समयमै खोप ल्याएर नागरिकलाई लगाउन सकेको भए कयौं जीवन जोगाउन सकिन्थ्यो । जनताको जीवन रक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्ने नियतका कारण आज ठूलो मानवीय क्षति व्यहोर्ने अवस्था आएको छ । सरकारको यो अमानवीय र गैरजिम्मेवार काम अक्षम्य अपराध हो । यो कार्यमा संलग्न जो सुकै भए पनि कडा भन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गर्दछ । 

यस महामारीमा जीवन गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित हुनु भएकाहरुको शीघ्र संक्रमण मुक्तको कामना गर्दछौं । यो विषम घडीमा सबै दाजुभाई दिदीबहिनीले स्वास्थ्य मापदण्ड अपनाई आफू र आफ्नो परिवार साथै समुदायलाई सुरक्षित राख्न अनुरोध गर्दछौं । साथै आमनागरिकहरुलाई दुःखको यो घडीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पिडित नागरिक र सडकमा परेकालाई सक्दो सहयोग पु¥याउन आब्हान गर्दछ बैठकले निर्णय गरेको छ  । 



, , , ,