ठुलोसिरुवारीमा कोराना बढे सँगै निको हुनेको सख्या ३३७० इन्द्रवाती बन्द


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४मा पनी कोरानामहामारीले उग्ररुप लिएको छ ।


शनीबार मात्र ३२जनामा कोरना  पुष्टी भए पछी वडाकार्यलयले बिज्ञेप्ती निकालेर स्थानीय नागरिकला घरबाट बाहीर ननिस्कन समेत अनुरोध गरेको छ । यसै बिच नेपालमा भित्रिएको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता इन्द्रावती गाउँपालिकामा शनीबार  एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाले सबै कार्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको शनिबारको बैठकले एक सातासम्म इन्द्रावतीका सबै कार्यालय बन्द गर्ने देखि बाहिरबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा राख्ने  निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनु भयो । गाउँपालिकामा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गर्नेसमेत  निर्णय गरेको छ । बैठकले ईन्द्रावती गाउँपालिकाको झ्याडी, कुन्चोक, नवलपुर, मेलम्ची सडक आसपासको क्षेत्र, नवलपुर, ज्यामीरेमाने, भिमटार, सिपाघाट सडक आसपासको क्षेत्रमा एक हप्ता अवधिको लागि निषेधाज्ञा जारी हुन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गर्ने निर्णय समेत गरेको अध्यक्ष तामाङले जानकारी दिनु भयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बैठकले  इन्द्रावती गाउँपालिका, वडा नं ७, सिपापोखरेमा रहेको सिडिसिएफको भवनमा निर्माण गरिएको आईसोलेसन कक्षलाई १३ बेड रहने गरी विस्तार  गरि अक्सिजन सहितको थप ब्यवस्थित बनाउने बताउँनु भयो । 

पछिल्लो २४ घण्टामा नेपालमा  ३ हजार ३७० जना ले कोरानालाइ जितेका छन । उँहाहरु उपचारपछि डिस्चार्ज  हुनु भएको छ ।यसै गरी पछील्लो २४घण्टामा 


थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् । 


१७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । हाल ३९८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। 

पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ। शनीबार   उपत्यकामा ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन् । 

काठमाडौंमा २  हजार २७० छन् । यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 


, , ,