माननीय खड्काको निधन काग्रेसद्धारा समबेदना


 नोपली काँग्रेसका नेता माननीय शिब बहादुर खड्काको निधन भएको छ । संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका अग्रज नेता माननीय शिवबहादुर खड्काको आइतबार  भएको असामयिक दुःखद निधन प्रती नेपाली काँग्रेसले समबेदना प्रकट गरेको छ । काँग्रेसको प्रमुख सचेतक बालकृष्ण खाड द्धारा बिज्ञेप्ती जारि गर्दै श्रदान्जली अर्पण गरेको छ । जारि बिज्ञेप्तीमा  उाहाको निधनले हामीलाई मर्माहत तुल्याएको छ  भनीएको छ ।


बिज्ञेप्तीमा 

भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्व. खड्का नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार एवं सुदृढिकरणमा सदैव क्रियाशिल रहँदै आउनु भएको थियो । 

स्व. खड्का २०७० सालमा बौद्धिक क्षेत्रबाट संविधान सभा सदस्यमा मनोनित हुनु भएको थियो । संविधान लेखन कार्यमा उहाँको उल्लेखनीय योगदान रहेको छ । नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति लगायत जिल्ला विकास समितिका सभापति समेत हुनु भएका स्व. खड्काले समग्र जिल्लाको  विकासमा दिनु भएको योगदान प्रसंशनीय एवं उदाहरणीय छ ।

शान्त र सरल व्यक्तित्वका धनी नेता खड्काको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । हामीले एक कुशल संगठनकर्ता, इमान्दार एवं निष्ठावान नेता गुमाएका छौं । 

उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ  भनीएको छ । 


, ,