अक्सिजन सिलिण्डर वितरण गर्दै बागमती प्रदेश प्रहरी


बागमती प्रदेश प्रहरीले अक्सीजन को अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अबस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरी रहेको छ । 

संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको म्ऋऋःऋ को निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको छ ।

बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र इहथनभल अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको हो ।

अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको  बागमती प्रदेश प्रहरीकार्यलयका प्रहरी उपरिक्षक राजकुमार सिलवाले जानकारि दिनु भयो ।

उँहाका अनुसारबागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने सन्दर्भमा हालसम्म १२९ थान भरिएका र ५४१ थान खाली गरी जम्मा ६७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ ।

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ । जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ भने स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल,  मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गर्ने कार्य गरिएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएको छ, साथै मानव जीवनसंग सम्बन्धित यस पुण्य कार्यमा सहयोग गर्न बागमती  प्रदेश प्रहरी ले सवैलाई आग्रह समेत गरेकोछ ।


, , , , , ,