शेरबहादुर तामाङ्गको पहलमा मेलम्चीमा अक्सीजन प्लान्ट


सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद एबम पुर्व कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले योजना संशोधन  गरेर भए पनी मेलम्चीमा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट ब्यबस्थापन सहित प्रकृया अगि बढाइएका जानकारीप्राप्त भएको छ ।   



पुर्बमन्त्री तामाङले स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत “मेलम्चि नगर पुर्बाधार बिशेष कार्यक्रम” अन्तरगत बिनियोजित रु.३३ लाख २० हजार रुपैयाँलाई कार्यक्रम संसोधन गरि मेलम्चि नगरपालिकामा अक्सिजन प्लान्ट  निर्माण गर्न बजेट ब्यबस्थापन गर्नु भएको हो ।


हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को दोश्रो भेरियन्टबाट दशिण एसियाका नेपाल ,भारत लगायत बिकाशशील राष्ट्रहरुमा अत्यन्त जोखिम बढेको र अस्पतालहरुमा अक्सिजन अभाब भएको ले  आफ्नो निर्बाचन क्षेत्रको प्रमुख नगरपालिकामा सो कार्यका लागि कार्यक्रम संसोधन मार्फत सो रकम बिनियोजन गरिएको र थप बजेटको लागि बिभिन्न निकायमा पहल गरी रहेको तामाङले जानकारी दिनु भयो  ।मेलम्चिमा अक्सिजन प्लान्ट निर्माण  भए पछी  मेलम्चि नगरपालिका,पांचपोखरी थाङपाल गाउंपालिका ,ईन्द्रावति गाउंपालिका र हेलम्बु गाउंपालिकाका बिरामीहरुले समेत आबस्यक स्वास्थ सेवा लिन सक्ने भएका छन  ।


, , , , ,