ईन्द्रावतीमा कोरोनाले एक बृद्धको मृत्यु

 

रूपक पुरी

ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ का ७४ बर्षीय एक बृद्धको कोरोनाको कारण मृत्यु भएको छ । विहिवार राति ११ बजे निधन भएको र शुक्रबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष बँशलाल तामाङले जानकारी दिनुभयो ।


मृतको शबलाई धार्मिक परम्परा अनुसार परिवारलेनै दाहसंस्कार गरेका छन् भने त्यसको ब्यवस्थापन भने नेपाली सेनाले गरेको छ । मृतकको घर वरिपरिको स्थानमा एक साता शिल्ड गरि तत्काल कन्ट्याक्ट् ट्रेसिङ गरिने गाउँपालिकाले लोकप्रिय समाचारलाई जानकारी दिएको छ । गाउँपालिकाले स्थानियहरूलाई घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।


, , , , ,