पर्सा जिल्लामा जेठ २३ गतेसम्म निषेधाज्ञा थप


मुकेश बस्नेत

वीरगंज,  ।

जिल्ला कोभिड–१९ सड्ढट व्यवस्थापन केन्द्र पर्साको बुधबार सम्पन्न बैठकले निषेधाज्ञाको अवधिलाई लम्ब्याएर आगामी जेष्ठ १३ गते सम्म पु¥याउने निर्णय गरेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण बढ्दै गएपछि तेस्रो पटक बुधबार  सम्पन्न बैठकले निषेधाज्ञालाई जेठ १३ गते सम्म पु¥याउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।

जिल्ला कोभिड–१९ सड्ढट व्यवस्थापन केन्द्र पर्साको बुधबार  जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा जारी गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ अनुरूप आगामी जेष्ठ १३ गते राति १२ बजे सम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

जिल्ला कोभिड–१९ सड्ढट व्यवस्थापन केन्द्र पर्साको बुधबार सम्पन्न बैठकले हाल पर्सामा एन्टिजेन किटको अभाव रहेकोले प्रदेश २ सरकार तथा स्वास्थ्य मन्त्रालय सँग किट माग गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले गृह मन्त्रालयको निर्देशन अनुरूप अक्सिजन प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड २०७८ बमोजिम आवश्यकता र प्राथमिकताको आधारमा जिल्लास्थित अस्पतालहरूमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसै गरी बैठकले कोभिड बिरामीहरूको उपचार गरिरहेका निजी अस्पतालहरूले प्रवाह गरेको उपचार सेवा र बिरामीसँग लिने गरेको शुल्कका सम्बन्धमा अनुगमन गर्ने निर्णय गरेको छ ।

बैठकले नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यस अघि नै टेन्डर प्रक्रिया सम्पन्न भई सम्झौता भई सकेको अवस्थामा सम्बन्धीत निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, वीरगंज महानगरपालिका प्रमुख विजय सरावगी, नारायणी अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हक, नेपाली सेनाको चण्डी प्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे,  सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का,  राष्ट्रिय अनुसन्धानका निर्देशक टिका प्रसाद पोखरेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, खगेन्द्र बहादुर मल्ल  लगायतको उपस्थिति रहेको थियो ।


, , ,