निषेधाज्ञा लम्ब्याउँदै उपत्यका मा थप कडाइ



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लाई थप कडाइसाथ आज देखी थप एक साता लम्ब्याइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार  आगामी एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको हो । मङ्गलबार बसेको तिन जिल्लाका व्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस  अद्दी दिएका सबै सवारी पासहरु  खारेज गरिदिएको छ भने  दैनिक उपभोग्य सामान बेच्ने पसलहरु संचालन गर्ने समय पनि तोकेको छ । यस अघी बेलुकीको समयमा खोल्न दिइएको अत्यावश्यक पसल पनि खोल्न  नपाइने भएको छ। बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्।  साथै फुटपाथका पसलहरु  बन्द गरिने भएको छ। बैठकले  पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने भएको छ ा उँहाका अनुसार अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत गरिने भएको छ । 





, , ,