समाजसेवी बस्नेतद्वारा लोप भएको बिसौनाहरु बनाउदै

 गोपाल गदाल

सुनकोशी गाउँपालिका वडा न ५  बर्थान निबासि टोप बहादुर बस्नेत (ज्ञान बहादुर)ले आफ्नो खर्चमा सुनकोशी ५ बर्थान


डाडा र बाँङ्गेमरङ बिसौना डाडामा  बिसौना बनाउनु भएको छ । उहाँले बिगत देखिनै लोप हुँदै गएको बिसौना,धारा,चौतारी बनाउदै आउनु भएको छ । समाजसेवा बिकास गर्न मन भयो भने न कुनै पार्टीको खाँचो पर्छ न सरकारको ।

धन भएर के गर्नु मन नभए पछि । तेसैले म सँग धन नभए पनि मन छ । सकेको आफै गर्छु ।नसके साथिभाई सँग सल्लाह लिन्छु । मेरो बुबा बिर्ष बशहादुर बस्नेत र कान्छा काका गणेश बहादुर बस्नेतको सपना र समझनामा दुई ठाँउको 

बिसौना बानाए बाँचुनजेल मन्दिर,घाट,बिसौना,धारा पधेँरा पाटिपौवा बनाउदै जाने पनि बस्नेतले बताउनु भयो । पोहोर बर्दानेश्रवर महादेव मन्दिर सम्पन्न गरियो यसपालि बर्थान डाँडा बिसौना मेरो जेठो छोरा कुमार बस्नेत को सहयोग मा बनाए अनि यो बिसौना डाडा चाहीँ  सबै खर्च म आफैले  गरे बनाउन चाहिँ कान्छा काका गणेश बहादुर बस्नेतका छोरा उत्तम बहादुर बस्नेत,ईन्द्र बहादुर बस्नेत र मेरो नाति अबिसेक बस्नेतले समेत श्रमदान गर्नु भएको बस्नेतले बताउनु भयो ।