एनसेलले ल्यायो विभिन्न राहतप्याकहरु, सम्पर्कमा रहिरहन सहजहुने




काठमाडौं, वैशाख २३


कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमाआफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथाउनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथएनसेल आजियटा लिमिटेडले आफ्ना सेवामाविभिन्नउपभोक्तामैत्री राहतअफरहरु ल्याएको छ ।कम्पनी द्धारा जारी बिज्ञेप्तीमा



सञ्चार सेवामापहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामानिर्वाध पहुँचझनै महत्वपूर्ण हुन्छ । प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामाआकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइनकक्षाकालागिप्याकहरु, र एनसेल सापटीमा विभिन्नथप सुविधालगायतका राहतअफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहजपहुँच सुनिश्चित गर्न योगदानगर्दछ ।कोरोनाभाइरस रोगबाट बच्नअहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायमगर्दै भीडभाडबाट टाढा रहनु आवश्यक छ । यीग्राहकमैत्रीअफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनिआपतकालिनअवस्थाको समयमाआवश्यक सहयोग लिनकालागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले रु ५० वा सो भन्दामाथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । रु ५० देखि रु९९ को रिचार्जमा ग्राहकले ५० एमबीबोनस डेटा प्राप्तगर्दछन्  । बोनस डेटा १ दिनको लागिमान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमाप्राप्तगर्दछन् । त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबीबोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुपप्राप्तगर्दछन् । 

 

३० दिने डेटा प्याकमा डबल डेटाः मंगलबार (वैशाख २१) बाट संचालनमाआएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमाप्याकमापाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुपप्राप्तगर्दछन् । ग्राहकले कर सहित रु २४९ मा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युमबोनस अर्थात कुल७जीबी डेटा पाउँछन् । त्यसैगरी कर सहित रु ३९९ मा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबीबोनस गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् । 


वर्क फ्रमहोम अफरः यस विपद्को घडीमा कार्यलयको कामकाजतथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिकतथा साप्ताहिक डेटा प्याकल्याएको छ । दैनिक डेटा प्याकमाग्राहकले कर सहितमात्र रु ३१ मा २ जीबीएप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुमतथागुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १५० एमबीअल टाइम डेटा पनिप्राप्तगर्दछन् । त्यस्तै साप्ताहिकप्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु १२७ मा १४ जीबीएप डेटा तथा ३ जिबीअल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फ्रमहोम अफर अन्तर्गतकाप्याकआफ्नो आवश्यकताअनुसार रोज्न सक्छन् । प्याकअन्तर्गतको निश्चितभोल्युमप्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्कलाग्नेछ । 

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमाबोनसःतिब्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्नजिल्लामाहाललागुभईरहेकोनिषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमापाउनसम्भव छैन । यस्तो अवस्थामाग्राहकले डिजिटल प्लेटफर्महरु एनसेलएप, च्याटबोट र वेभसाइट मार्फतएनसेलकासेवातथा सुविधासजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवाखरिद गर्दा विभिन्नबोनसबाट पनिलाभलिन सक्छन् । १ दिनकोप्याक (रु१८), ७दिनको प्याक (रु९८), १४ दिनको प्याक (रु १३९) खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजाप्याकअन्तर्गत ७दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) को खरिदमा० दशमलब५ जीबी देखि ०दशमलब७५ जीबी सम्म बोनसकोफाइदालिन सकिन्छ । 

एनसेल सापटीमा विभिन्न सुविधाःएनसेलले यस कठिन परिस्थितीमाग्राहकको सञ्चार सेवाको  आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामाथपसुविधाहरु दिएको छ । यो योजनालागु भएसँगै ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवाशुल्कमा रु ८० सम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् र यस सुविधाकालागिग्राहकले डेटा सुल्क, सेवाशुल्क र कर सहित रु ८२.५५ पछि रिचार्ज गरि तिर्न सक्छन् । सापटी सेवामै ग्राहकले १ दिनको समयसिमा रहेको १५ मिनेटको टक टाइम कुलरु १२.५५ मा र २०० एमबी डेटा रु २२.५५ लिनसक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहनयदिआफ्नो मेन ब्यालेन्सअपुगभएमाग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी सापटी लिन सक्छन् भनीएको छ ।


, , ,