नमुना गाउँ बन्दै सुनकोशी


कुमार बस्नेत,सिन्धुपाल्चोक जिल्लाको  सुनकोसि गाउँ पालिका अरु भन्दा भिन्न तरिका ले काममा लागी परेको छ । गाँउपालीकाको वडा नं ६मा वडा कार्यलय सँगै सभा मन्च बनेर नमुना देखाएको छ भने वडा नं मा २मा भ्युटावर बनेर पर्यटकलाइ आकर्षण गरिरहेको छ ।


बिद्यालयमा सिकाइको ब्यबस्था सरल गरिरहँदा कोभीडका कारण समस्यामा परेको भएता पनी घरमा रहेका बालबालीकालाइ शिक्षा सिकाइमा प्रोत्साहन गर्न पालीकाले अभिभावकहरुलाइ अनुरोध गरेको छ । यसै गरि पछील्लो  अबस्थामा महामारीको कारण पालीकाका नागरिकलाइ अनाबश्यक घरबाहीर हिड डुल नगर्न अनुरोध गर्दै अत्याबश्यक काम बाहेकका सेवाहरु समेत स्थगित गरेको छ । 

 स्थानीय बिकास निर्माणका कामहरु समयमा नै सक्न  पालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)ले सबैलाइ आग्रह गर्नु भएको छ भने बिकास निर्माणका कामहरुमा पारदर्शीता हुन पर्ने बताउँदै आफै अनुगमनमा लागी रहनु भएको छ । 

यसै गरि सोमबार सुनकोसी गाउँ पालिका वडा न ६र ५ को सिमानामा बन्दै गरेको पाखरखोला  पुलको अनुगमन गर्नुभएको छ।पुलको कुल लागत मा प्रधानमन्त्री सोरोजगार कार्यक्रम को रकम र सुनकोसि गाउँ पालिकाको बजेटबाट पुलबनाउदा लाग्ने लागत  भुक्तानी हुने अध्यक्ष जि सिले बताउनु भयो।पाखरखोला पुल खोलाखर्क बासिको मात्र आबस्यकता नभएर पूरा सुनकोसिको आबस्यकता रहेको बताउदै चाँडै पुल सक्न निर्देशन दिनु भयो । 

पुल निर्मणमा नपुग सामन उपलब्ध गराउने बताउदै पनिको बहाब बढ्नु अगाबै जेष्ठ महिना भित्र निर्माण गरि सक्नु पर्ने बताउनु भयो।  सुनकोशी गाँउपालीकामा अरु पालीकामा जस्तो कर छैन । कार्यलउमा पनी कसैलाइ पक्षपात छैन । त्यसैले सुनकोशी गाँउपाmीका अरु भन्दा नमुना पालीका बन्ने निश्चत रहेको पाइएको छ ।


, ,