सिन्धुपाल्चोक प्रहरी कार्यलय बन्यो अक्सीजन सहीतको आईसोलेशन



जिल्ला प्रहरी कार्यालयमा, सिन्धुपाल्चोकको भवनमा अक्सीजन सहितकोआईसोलेशन बनेको छ । जिल्लाबासीको सुरक्षाका लागी थप कार्यक्रमहरु सञ्चालन गर्दै सवारी दुर्घटनालाइ न्युनीकरण गर्न चालकको सडकमै स्वास्थ्य परिक्षण गर्ने,जस्ता अती महत्वपुर्ण कार्य हरु  गर्न अग्रसर रहँदै  आउँनु भएकोछ ।


पछील्लो समयमा जिल्ला प्रहरी कार्य मा नै प्रहरीहरुको मनोबल उच्च राख्नका लागी  प्रहरीको नँया भवनलाइ पुरुषको लागि ८ र महिलाको लागि ४ बेड राखिएका१२बेडको अक्सीजन सहितको आईसोलेशन  को ब्यबस्था गरिएको छ । यसै गरि पुरुषको लागि–२० बेड र महिलाको लागि–१० बेड गरि जम्मा ३० बेडको क्वारेन्टाइन तयार गरिएको छ।विश्वव्यापी रुपमा फैलीरहेको कोभिड–१९ को नयाँ भेरिएन्ट दोस्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत फैलिरहेको  र उक्त रोगको प्रभावलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको नँया भवनमा अक्सीजन सहितको आईसोलेशन, क्वारेन्टाइन निर्माण गरिएको प्रहरी उपरिक्षक राजन अधिकारी ले जानकारि दिनु भयो  । बाहीर बिभिन्न स्थानमा गएर आएका प्रहरी हरुलाइ लक्षण देखीएमा क्वारेन्टाइनमा राखेर आराम गराउँने र  जिल्ला अस्पताल, चौताराबाट समन्वय गरी उपचारको ब्यबस्था गरिनेगरी उक्त क्वारेन्टाइन र आईसोलेशनलाई  २ वटा अक्सीजन सिलिन्डर, २ वटा अक्सीजन वल्वे रेटोमिटर, २ वटा अक्सीजन माक्स, थर्मल गन १५ वटा, पिपीई सेट ४४ वटा, इलेक्ट्रिक जग २ वटा, हातको पन्जा ५०० जोर, फेस सिल्ड ५० वटा, माक्स १०० वटा र ह्यान्ड स्यानीटाइजर १५ लिटर राखिएको छ । जिल्ला मा खटीएका प्रहरकिो मनोबल उच्च राख्नका लागी गरिएको यो कदमको स्थानीय नागरिकले पनी स्वागत गरेका छन । 


, , , , , ,