अनुगमनका क्रममा म्यादगुज्रेको औषधी जफत

 

सिन्धुपाल्चोक जिल्ला चौतारामा बुधबार  घरेलु तथा साना उद्योग कार्यालयले बजार छड्के अनुगमन गरेको छ ।


कोभिड १९को महामारीमा हुन सक्ने  कालाबजारी रोक्नका लागी कार्यलयले अतीआबश्यक समानहरुमा कुनै   पनी कम्जोरी नहोस म्याद सकिएका सामानहरु बिक्री बितरण नहोस मुल्य भन्दा बढी मुल्य लिने काम नहोस भन्नका लागी यो अनुगमन गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामशरण गौतमको नेतृत्वमा ,  प्रहरी–प्रशासन, स्थानीय तह, उपभोक्ता अधिकारकर्मी तथा पत्रकारहरूको संयुक्त टोलीले चौतारा बजारमा रहेका  ५ वटा औषधि पसलमा  अनुगमन गरेको छ । कोभिड संक्रमणबाट जोगाउने मास्क, स्यानिटाइजर, ग्लोभ्स र अक्सिजन सिलिन्डरको उपलब्धता, मौज्दात, मूल्य आदिको अनुगमन गर्दा  एक औषधी पसलमा  म्याद गुज्रेका एक कार्टुन औषधि र बढी मूल्यमा बिक्री भईरहेको  ग्लोभ्स २०७ जोर जफत गरीएको गौतमले जानकारी दिनु भयो । उँहाका अनुसार अनुगमनका क्रममा  सुपथ र सहज मूल्यमा औषधिजन्य बस्तुहरू विक्री वितरणको लागि निर्देशन दिइएको छ । 


, , ,