सिन्धुपाल्चोकमा २११मा पुष्टी ४२ कोरना मुक्त


सिन्धुपाल्चोकमा   पछील्लो बिबरण अनुसार २११जना सक्रमित भएका छन भने ४२जनाले कोरना जितेका छन ।स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाइका अनुसार चौतारा साँगचोकगढी नगरपालीकामा सबै भन्दा बढी ११२ जनामा कोरोना पुष्टी भएको छ ।


२जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउँनेमा चौतारासाँगाचोकगढी नगरपालीका१ र भोटेकोसी गाँउपालीका १ रहेका छन ।

जिल्लाको सदरमुकाम रहेको चौतारासाँगाचोकगढी नगरपालीकाको वडा नं २मा स्वाव संङ्कलन गरिएको ८४ मध्य ३७जनामा पोजेटिभ देखीएको स्वास्थ्य शाखा प्रमुख शिब पुरीले जानकारी दिनु भयो । उँहाका अनुसार वडा नं ३ मा ४४जनाको स्वाव सङ्कलन गरेकोमा ११जना त्यसै गरि वडा नं ४मा १४५मा ४६जना रवडा नं  ७मा २५को सङ्कलन गरेको मा १२ जना रहेको  वडा नं १३मा एकको मृत्यु पोजेटिभ र अन्य वडाका २ गरि जम्मा ११२ रहेका छन । यो बिबरण जेष्ठ ५ गते संङ्कलन गरेको हो । स्वाव सङ्कलन गरेको चार दिन पछी मात्र रिपोर्ट आउँने गरेको छ । स्वास्थ्य कार्यलयका प्रमुख दुर्गा दत्त चापागाइले रोग लागे पछी उपचार खोज्नु भन्दा पनीसके सम्म  रोग लाग्नै नदीन तर्फ ध्यान दिन सम्पुर्णमा अनुरोध गर्नू भएको छ ।


, , , , , , ,