मेलम्चीद्धारा अनियमितामारोक आमनागरिकद्धारा प्रशंसा


सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले क्रसरहरुलाई नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।क्रसर उद्योगहरुले आबश्यक भन्दा बढीमात्रामा नदिजन्य पदार्थ उत्खनन् र भण्डारण गरेको पाइएपछि नगरपालिकाले (बैशाख २५ गते) बिहानबाट लागु हुनेगरी  उत्खनन्मा प्रतिबन्ध लगाएको हो ।



नगरपालिका अनुगमन समितिको  बैठकले बन्द गर्ने निर्णय गरे सँगै एक सुचना जारी गर्दै नगरपािलका भित्रका १० वटै क्रसरहरुलाई पत्र पठाएको हो ।नगरपालीकाका प्मुख डम्बर अर्यालले कतिपय क्रसरहरुले तोकिएको मापदण्ड भन्दा बाहिर गई ठुलो परिमाणमा ढुङगा, बालुवा जम्मा गरेको पाइयो, त्यसैले अब उत्खनन्मा रोक लगाउन आबश्यक देखिएको हुँदा रोक लगाएको  जानकारी दिनु भयो नगरपालिकाको संयुक्त टोलिले बैशाख १६ गते गरेको अनुगमनका क्रममा क्रसरहरुले मापदण्ड भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि बैशाख १८ गते भित्रमा बढी उत्खनन् भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिएको थियो  ।इन्द्रावती नदि क्षेत्रमा रहेका अधिकांश क्रसरहरुले नदिको धार नै परिवर्तन हुने गरि  मापदण्ड विपरीत उत्खनन् गर्दै आइरहेका छन् । मेलम्ची नगरपालीकाको यो निर्णयलाइ जिल्लाका  नागरिकहरुले स्वागत गरेका छन । सञ्चार कर्मी कमला पाख्रनि ले राजमार्ग नै अतिक्रमण गरि क्रसर उद्योग निर्बाध सन्चालन भइरहेको छ ।खोलाको बाहाबनै परिबर्तन गरि चलिरहेको क्रसर  उद्योग जिल्ला समन्वय समितिले न बन्द गर्न सके न नियममा ल्याउन सके अनुगन गर्यो भत्ता असुल्यो बस्यो । समन्वय समितिलाइ मेलम्ची नगरपलिकाले गज्जब कै लात हानेकै हो । अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाइ होइन मेलम्ची नगरपालिकालाइ दिनुपर्छ बेला बेला मपदण्डमा छैन भनेर बन्द गराइदिने हैसियत त राख्छ भन्नुभएको छ ।


, , , , , ,