भुम्लु गाउँपालिकामा प्रेम लामाको भेटघाट पोका

 एकराज श्रेष्ठ

कोरोना  भाइरसको दोस्रो लहर संगै सिंगो मुलुक नै आक्रान्त भइ रहेको यस विषम परिस्थितीमा भुम्लु गाउँ पालिको  पनि अछुतो  रहेन सकेन । टोल बजार गाउँ सबै वडाहरु गरि पौने दुई सयको हाराहारीमा संक्रमण भै सकेको छ । 


यसरी संक्रमण बढ्दै जानू पुर्व पालिका बाट निषेधाज्ञा जारी गर्दा गर्दै पनि संक्रमण दर बढ्ने क्रम भने रोकिएन र धेरै संख्याको रुपमा संक्रमण भइ रहेको छ । संक्रमित ब्यक्तिहरुलाइ घरमै सुरक्षाका मापदण्ड अपनाइ आइसोलेशनमा बस्ने उर्दि जाहेर गर्ने बाहेक कुनै पनि  निकायबाट कुनै पनि  किसिमको उत्तर दायित्व बहन नगरि  रहेको यस अवस्थामा युवा नेता समाजसेवि जिल्ला समन्वयन समिती  काभ्रेका प्रवक्ता  प्रेम लामा ले कोरोना भाइरसको महामारी संग लडि रहेको बेलामा मलहम पट्टि लगाइ आत्मावल बढ्ने उद्धेश्यका साथै भेट घाट पोकोको उपनाम दिई राहत प्याकेज उपलब्ध गराएका छन । उहाँले उक्त राहत सामाग्री २०७७ जेष्ठ १६ गते पालिका अध्यक्ष गुमान ध्वज कुवर मार्फत सम्बन्धित वडाका जनप्रति निधीहरु संग समन्वयन गरि उपलब्ध गराउनु भएको छ । उहाँले भेटघाट पोको स्वरुप अक्सिमिटर,थर्मलगण,सेनिटाइजर,माक्स,भिटामिन सि ,सिटामोल ट्यवलेट,हर्लिक्स,बिस्कुट,साबुन, सन्चोभिक्स जस्ता संक्रमितलाइ अत्यावश्यक सामाग्रीहरु तथा स्वास्थ कर्मीलाई पि पि सेट लगायतका स्वास्थ सामाग्रि उपलब्ध गराउनु भएको थियो ।  भुम्लुबासीहरुको सुख दःुखलाई हातेमालो गर्दै  सदैव जनताको माझमा रहने युवा नेता प्रेम लामाले  अघिल्लो लकडाउनमा पनि लक डाउनको कारणले काठमाण्डौ लगायत अन्य स्थानमा थुनिएर बसेका भुम्लेली नागरिकहरुलाइ निशुल्क बसको सुविधा गराउनु भएको थियो । साथै उहाले लकडाउनको कारण रोजगारी गुमाएका विपन्न परिवारलाइ सोह्र लाख बराबरको  राहत खाद्यान्न सामाग्रीहरु पनि  उपलब्ध गराउनु भएका थियो । गत बर्ष उहाँ स्वयं पिडितको घर घरमा पुग्नु भएको थियो  भने यो पटक चै उहाँले अरुको देखासिखी नगरी स्थानिय सरकार संग  समन्वयन नगरी कुनै पनि संस्था ,दल वा ब्यक्तीले आफ्नो ब्यक्तित्व  देखाउन नपाउने



 पालिकाको नितीलाइ पालना गर्दै काम गरेको बताउनु भयो । उहाँले यो भेटघाट पोको सुरुवाती चरणमा रहेको पनि बताउनु भयो।