पौडी खेल्दा डुवेर एक किशोर बेपत्ता


रूपक पुरी

ब्रम्हायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता हुनुभएको  छ । शनिबार दिउँसो बलेफी गाउँपालिका वडा नं ५ निवासी १७ बर्षिय बिकास श्रेष्ठ बेपत्ता  हुनुभएको हो ।


घर नजिकै रहेको चनौटेस्थित ब्रम्हायणी नदिमा उहाँ बेपत्ता हुनुभएको थियो । सँगै पौडी खेलिरहेका साथीहरुका अनुसार उहाँ खोलामा डुबेपछि निकै समयसम्म नउत्रिएपछि खोजी गरिएको थियो । नभेट्दा पछि घरमा जानकारी साथीहरुले गराएका थिए ।विकास करिब १२ बजेको समयमा बेपत्ता हुनुभएको थियो । बिहान खाना खाएर पौडी खेल्न जानुभएको  उहाँको अहिले खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय जलवीरको टोली र स्थानीयले उहालाई खोजिरहेका छ ।

ब्ब


, , ,