ट्राफिक व्यवस्थापनका निमित्त उपकरण हस्तान्तरण


बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त सोमबार एक कार्यक्रम वीच विभिन्न उपकरण तथा सामाग्रीहरुको हस्तान्तरण भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी, प्रहरी उपरीक्षक राज कुमार सिलवाल समेतको समुपस्थितिमा प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले सोमबार एक कार्यक्रम वीच बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।


 


बागमती प्रदेश प्रहरी कार्यालयको सक्रियता एवम् समन्वयमा समग्र प्रदेशको ट्राफिक आवागमनलाई सु–व्यबस्थित बनाउन दुई चरणमा अंदाजी ३ करोड बराबरको सामान आवश्यक रहेकोले सो सामाग्रीहरु खरिदको लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव पेश गरेकोमा सो सम्बन्धमा आगामी आर्थिक वर्षको वजेटबाट व्यवस्थापन गर्ने तथा तत्कालका लागि मकवानपुर र चितवनको लागि ५÷५ लाखको ट्राफिक उपकरण उपलब्ध गराई ट्राफिक व्यबस्थापनका लागि सरोकारवालसंगको वृहत अन्तर्कियाका लागि थप ३÷३ लाख उपलब्ध गराउने निर्णय गरेकोमा मिति २०७८।०२।०२ गते यस कार्यालयको सक्रियता तथा विशेष पहलमा रु. ५ लाख बराबरको लागतमा Breath Analyzer with printer–@, Magic Light –!), Wheel Lock–!), Florecent Jacket –#*, Checking Board with Wheel -Metal_ –!, Body Worn Camera –!, PVC Cone–@) थान गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामाग्रीहरुको मकवानपुर जिल्ला अन्तर्गत प्रयोग गर्ने गरी प्राप्त भएको हो ।


यसैगरी उल्लेखित परिमाण तथा लागतमा केही दिनभित्र चितवन जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त समेत सोहि परिणामका सामाग्रीहरु उपलब्ध गराउने गरि खरिद प्रकृया अगाडि बढि सकेको छ । बागमती प्रदेशमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न यस कार्यालयले विभिन्न किसिमका कार्ययोजना तथा अवधारणापत्रहरु तयार गरी कार्यान्वयन गरिरहेकै छ । यसै सन्दर्भमा विशेष गरी बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराउनका निमित्त सम्बन्धित प्रदेश मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला निकायहरुसंग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईएको बागमती प्रहरी कार्यलयका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक मिरा चौधरीले जानकारी दिनु भयो  ।  


, , ,