पुर्बमन्त्री बस्नेतको निर्देसनमा स्वास्थ्य सामाग्री वितरण

कुमार बस्नेत(अधिराज) 

पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देसन र समन्वयनमा बलेफि गाउँ पालिका वडा न ८ निबासि समाजसेबि नेपाली काँग्रेस वडा ईकाई सभापति एवम् वडा अध्यक्ष को प्रत्यासी रमेश श्रेष्ठको 


 ब्यक्तिगत तर्फबाट ,हिमालय सिमापार व्यापार सँगका उपध्यक्ष सुरेस श्रेष्ठ ,समाजसेबी बिचारी पराजुली र रामचन्द्र पराजुलीले बलेफी ८ भरिका प्रतेक ब्यक्ति ब्यक्तिलाई पुग्ने गरी माक्र्स ,सेनिटाईजर लगायत का स्वास्थ्य सामाग्री शुक्रबार  बितरण गर्नु भयको छ । उक्त अबसरमा पुर्ब मन्त्री बस्नेतले जनताको जिउ धनको सुरक्षको लागि कुनै कसुर बाँकि नराख्ने कोभिट १९ को उपचार गर्न १०० बेडको निःशुल्क उपचार केन्द्र सुरू भैसकेको बताउदै


 आबस्यकता अनुसार बलेफी ८ स्थित  रहेको म्याग्नेसाईट कोलेनिमा पनि १५ बेड सहितको अक्सिजन सिलिन्डरको ब्यबस्था गरिदिने बताउनु भयो । सो अबसरमा बलेफी ८ भरिका कोभिड १९ पोजेटिभ सबै बिरामीलाई चना, अन्डा, फलफुल, हर्लिस् लगायत पौष्टिकआहारका  सामग्रीहरु समेत दिने वडा अध्यक्ष का प्रत्यासी रमेश श्रेष्ठले बताउनु भयो ।