कोरोना संक्रमितको भेटघाटमा वडाअध्यक्ष सहितको टोलि

 


जिबन भण्डारी 

सि न्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १४ लेकोभिड १९का सक्रमितहरुलाइ परेका समस्याका बारेमा जानकारी लिदै स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । 


  वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ को नेतृत्वमा   वडा सदस्यहरु  भेष बहादुर खत्री, बिष्णुमाया तामाङ र  स्वास्थ्य कर्मी संगिता श्रेष्ठ सहित को टोलीले सक्रमितका  घर घरमा गइ आत्माबल बढाउँन सल्लाह दिदै स्वास्थ्य सामाग्री हरु बितरण गरिएको हो ।

साथमा  झमलादेबी आधार भुत बिद्यालयका प्रअ  लाल बहादुर श्रेष्ठ,श्री सेतीदेबी आधार भुत बिद्यालयका प्रअ  ऋषिराम नेपाल,र श्री डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका  कृष्ण अधिकारिसहीतका टोलीले निषेधाज्ञाका समयमा पनी घरमा रहेका बालबालीकालाइ शिक्षा सिकाइमा लगाउँन अभिभावकहरुलाइ अनुरोध गर्नु भएको थियो ।  टोलिले वडामा पहिलो चरणको पिसिआर परिक्षणबाट रिपोर्ट पोजेटिभ भएको २६ जना कोरोना सङ्क्रमित भएर होम आइसुलेशनमा बसेकाहरुलाइ घरमा गएर भेटघाट सहित स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।



वडाको कोरोना सङ्क्रमित बिरामीको मनोबल उच्च राख्न र स्वास्थ्य स्थितीबारे प्रत्यक्ष जानकारी लिइ आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यका साथ भेटघाट गरिएको हो ।भेटमा वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले सर्जिकल मास्क, सेनिटाइजर, साबुन लगायतको स्वास्थ्य सुरक्षाको सामाग्री पोजेटिभ बिरामीलाई प्रदान गरि सङ्क्रमितको परिवार सदस्यहरुलाइ सजगता अपनाइ सङ्क्रमण हुनबाट बच्न र सार्वजनिक स्थलमा नजानुहुन आग्रह गर्नुभयो ।सोही भेटमा बिरामीको अबस्था बारे सोधपुछ गरि आवश्यक औषधि स्वास्थ्यकर्मि संगिता श्रेष्ठले बितरण गर्नुभयो । गत हप्ताको शनिबार ४० जनाको पि। सि। आर। परिक्षण गरिएकोमा १४ नं वडाका २६ जनामा कोरोना संक्रमण देखियको थियो ।सङ्क्रमितलाई हेला नगरी नियमित दुरि कायम गरि भेट र कुराकानी गर्दा पुनर्बल प्राप्त हुने बताउनु हुँदै वडा अध्यक्ष श्रेष्ठले हालको अबस्थामा सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी र अन्य कुनै समस्या भय वडाको जन प्रतिनिधि वा आफुलाइ सिधा सम्पर्क गर्नुहुन सबैमा आग्रह गर्नुभयो ।




, , , , , ,