सिन्धुपाल्चोकमा निषेधाज्ञाको समय जेष्ठ १४ गते सम्म



सिन्धुपाल्चोकमा निषेधाज्ञाको समय जेष्ठ १४ गते सम्मको लागि थप गरिएको छ । सिन्धु पाल्चोक जिल्लाका सबै स्थानीय तहहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेकोले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले  जानकारी दिनु भयो ।


उँहा ले  जिल्ला प्रशासन कार्यालयको तर्फबाट शुक्रबार  एक सुचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जानकारी गराउँनु भएको हो ।निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।


, , , , , ,