सुनकोसीको गाँउ गाँउमा स्वाव सङ्कलन


सिन्धुपाल्चोक जिल्ला को चौतारासाँगाचोकगढी नगरपालीकाले गाँउ गाँउमा गएर  स्वाव सङ्कलन गरि नागरिकको स्वास्थ्य परिक्षण  शुरु गरे सँँगै सुनकोशीगाँउपालीकाले पनी यो अभियान चलाएको छ ।


सुनकोशी गाँउपालीकाका .  अध्यक्ष श्रवण कुमार जि. सी. (विनोद) को निर्देशन तथा समन्वयमा तथा वडा नं. २ का वडाध्यक्ष श्री पूर्ण बहादुर महत को नेतृत्वमा  उपस्थितिमा बुधबार  वडा नं. २ का १७ जना पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि एको छ ।

यसै गरि वडा नं. ३ का १६ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि परिक्षणका लागी पठाइएको छ। सुनकोशी गाँउपालीकाका  स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर हायु, प्रशासन अधिकृत श्री न्युटन लम्साल, गा.पा.प्र.ह.श्री विजय कुमार गौतम लगायत स्वास्थ्यकर्मीहरूको उपस्थितिमा उक्त संकलन कार्य भएको थियो । यो अभियानले गाँउ घरमा रहेका मानीसहरुलाइ स्वास्थ्य परिक्षण गरेर कोभिड देखीएको खण्डमा समयमा नै उपचार पाँउँने भएकाले स्थानीयहरुले यस कार्यको प्रशंशा गरेका छन ।

यो अभियान निरन्तरता चल्ने गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत  बिर बहादुर बस्नेतले जानकारी दिनु भयो । उँहाले रोग लागे पछी उपचार गर्नु भन्दा पनी रोग लाग्नै नदीनका लागी गाँउपालीका लागी परेको बताउँदै यस तर्फ नागरिकहरु पनी सचेत रहन  पर्ने बताउँनु भयो ।


, , , ,