उपत्यकामा २९र सिन्धुमा २८गते सम्म बन्द


काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको मिती बढाएर २९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । मङ्गलबार बसेको उपत्यकाको तिन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले   निषेधाज्ञामा  अझ कडाइ गरिने भएको छ । यसै बिच  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा पनी  पुनः २८ गते सम्म बन्द गरिएको छ । एक हप्ताको लागि भन्दै आज २१ गतेसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयको सेवा पुनः एक हप्ताको लागि बन्द थपीएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख अधिकारी बाबुराम खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस कार्यालयबाट प्रदान गर्दैै आएको शान्ति सुरक्षा र मुद्दाजस्ता अत्यावशेक बाहेकको सबै सेवाहरु बैशाख २८ गतेसम्मको लागि बन्द गरिएको उल्लेख छ ।


, , , , ,