निर्मला गच्छदारको निधन काँग्रेस द्धारा समवेदना प्रकट

 नेपालीकाँग्रेसका उपसभापती बिजय कुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधन भएको छ । उँहाको निधनमा नेपाली  का प्रमुख सचेतक बालकृष्ण खाँणले बिज्ञेप्ती प्रकाशीत गरि समबेदना ब्यक्त गर्नु भएको छ ।


उँहा द्धारा जारी बिज्ञेप्तीमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता माननीय विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान भएको दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ ।

वि.स. २०१७ साल जेठ १५ गते सिन्धुपाल्चोक जिल्लाको चौतारामा जन्मनु भएकी स्व. गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । एक लोकतान्त्रिक योद्धाको जीवन संगिनीको रुपमा कठिन भन्दा कठिन राजनीतिक यात्राहरुमा उहाँले सदैव साथ दिदै आउनु भएको थियो ।

उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ भनीएको छ । 


, , ,