सिस्नुबाट कपडाहरु बनाउँदै त्रिपुरासुन्दरी


कल्पना थामी, सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर २ चोकाटीमा अल्लोहो सिस्नुबाट  मानिसहरुको लागि चाहिने बिभिन्न कपडाहरु बनाउँदै छन्।


यि सिस्नुबाट कोट, स्कुल झोला, साइट ब्याक, पछ्याउरा, जर्सि स्विटर, हाते ब्याक, फेङ्गा आदि बिभिन्न कपडाहरु बनाइरहेका छन्।

यो कपडा बनाउने मेसिनका सामानहरु हातेमालो संस्थाले सहयोग गरेको थियो  भने  वडाबाट रु तिन लाख अनुदान  सहयोग मा यो उद्योग सञ्चालन गरिएको त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर २का वडा अध्यक्ष मानबहादुर थामीले बताउनुभयो ।

त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर २ चोकटीको भेषभुषा उत्थान समुहको सदस्यहरुले मिलेर गरेको हो । सिस्नुबाट बनेको कपडा बढी दोलखा जिल्लाबाट माग आइरहेको त्यँहाको बासिन्दाहरुले बताएका छन।   तिन बर्ष  अघी देखी यो पेशा शूरु गरिएको वडाअध्यक्ष थामीले जानकारी दिनु भयो । 


, , ,