अक्सिजन प्लान्ट जडान प्रकृया शुरु दूइ नेताको हानथाप


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा  रहेको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट  जडान हुने भएको छ । ११ जेठ बागमती प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न ७ अस्पतालमा अक्सिजन प्लाण्ट जडान  गर्ने प्रकृयाका लागी आबश्यक सामान खरिद गर्न बोलपत्र आह्वान गरे पछी प्लान्ट स्थपना हुने  भएको छ ।


उद्योग बन तथा पर्यटन मन्त्री सरेश नेपालको बिषेश पहलमा  सिन्धुपाल्चोक जिल्ला अस्पताल  सहित विभिन्न जिल्लामा अक्सिजन प्लाण्ट जडान गर्न खरिद प्रक्रिया अघि बढाईएकोे होे   ।

यसका लागी  प्रदेश सरकार स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्रले मंगलबार  ७ थान अक्सिजन जेनेरेटर खरिदका लागि ७  दिनको म्याद राखेर बोलपत्र आह्वान    भैसकेको बताउँदै तत्काल ७ अस्पतालमा   अक्सिजन प्लाण्ट  जडानको काम अघि बढ्ने मन्त्री नेपालले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोक , धादिङ, रामेछाप,  र  काभ्रे जिल्ला का जिल्ला अस्प्पतालमा अक्सिजन प्लाण्ट जडान  हुनेछ । काठमाडौको   टोखा अस्पताल , ललितपुर  जिल्ला अस्पताल  र चितवनको   रत्ननगर अस्पपतालमा  प्लाण्ट राखिने गरि ७ थान जेनेटर खरिदको बोल पत्र आह्वान गरिएको हो  ।

यसै बिच सामाजिक सञ्जालहरुमा सभामुख अग्नी प्रसाद सापकोटा र पुर्ब मन्त्री  शेर बहादुर तामाङ्गको पहलमा चौतारा अस्पतालमा प्लान्ट राख्न पहल गरिएको  भनी आआफ्नै ढङ्गबाट प्रचार प्रसार भइरहेको छ । एकथरीले  सभामुखले गरेको भनेर निबेदन सहीत प्रचार गरिरहेका छन भने अर्का थरीले पुर्ब मन्त्री तामाङ्गले गरेको भनेर निबेदन सहीत प्रचार गरिरहेका छन ।  यसरी सरकारमा रहेका जिम्मेवारी ब्यक्तीहरुबाट यसले गरेको र उसले गरेको भन्नु भन्दा पनी जनताको करबाट उठेको रकमबाट गरिएको खर्च भएको र जनप्रतिनीधीले गर्न पर्ने भुमिका मात्र गरेको हुँदा यो यसले गरेको उसले गरेको भनीरहन जरुरी  नभएको स्थानीय नागरिकहरुले बताएका छन । खाश गरि सामाजीक  सञ्जालहरुमा पोष्ट भएका निबेदनमा शेर बहादुर तामाङ्गले मिती २०७८ बैशाख २५गते  बजेट माग गर्नु भएको छ भने सभामुख सापकोटाका तर्फ बाट प्रमुख स्वकीय सचिब अर्जुन केसीले २०७८जेष्ठ ६गतेको च नं ६९मा  माग पत्र लेखीएको र सोही दिन  च नं ६८मा सिफारीस गरिएको पत्र समाजीक सञ्जाल मार्पmत सार्बजनीक भएको थियो ।  


, , , , ,