मन्त्री नेपालद्वारा कोभिड नियन्त्रणमा बिस करोडको ब्यबस्था

 

नेत्र बहादुर बस्नेत 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले छिटै सिन्धुपाल्चोक  जिल्लामा पिसिआर परिक्षण उपकरण  को ब्यबस्था हुन लागेको बताउँनु भएको छ ।




उँहाले सामाजीक बिकास मन्त्री सरस्वती बस्नेत सँग पहीलो प्राथमिकताका साथ उपकरणको ब्यवस्था गर्न गर्नु भएको अनुरोध बमोजिम यो सुबिधा प्राप्त हुन लागेको हो । यसका लागी आफ्नो मन्त्रालय माताहतमा खर्च हुन बााकी रहेका  बजेट मध्यबाट बिस करोड रुपैया कोभिड कोषमा जम्मा गरेर नागरिकको स्वास्थय सुरक्षाका लागी आबश्यक उपकरण का लागी सहयोग गर्न लागीएको मन्त्री नेपालले  जानकारी दिनु भयो  । यसका साथै उँहाले सिन्धुपाल्चोकमा  हरेक अस्पताललाइ स्तर बृद्धी गरेर रोग परिक्षण मेशीन  प्रयाप्त मात्रमा अक्सिजनको ब्यबस्था गर्न लागीएको बताउँनु भयो । उँहाले  जिल्ला अस्पताल चौतार, बलेफी गाउँपालीकाको जल्बीरे प्राथमकि स्वास्थ्य केन्द्र लगाएतमा पुगेर शनीवार स्वास्थ्य  समाग्री हस्तान्तरण गर्ने क्रममा यस्तो बताउँनु भएको हो  ।बागमती प्रदेश सरकारले सिन्धुपाल्चोका वभिन्नि स्वास्थ केन्द्र र अस्पतालमा कोरोना रोकथामका लागी आबस्यक स्वास्थ्य सामाग्री सहित उपकरण हरु मन्त्री सरेश नेपालले जिल्ला अस्पताल चौतार, बलेफी गाउँपालकिाको जल्बीरे प्राथमकि स्वास्थ्य केन्द्रमा पुगेर शनीवार सो समाग्री हस्तान्तरण भएको छ ।प्रदेश सरकार सामाजीक बकिास मन्त्रालय स्वास्थ अपुर्ती व्यवस्थापन केन्द्र मार्फत प्राप्त स्वास्थ सामाग्री मन्त्री नेपालले हस्तान्तरण गर्नुभएको हो ।

उँहालेजिल्ला अस्पताल र प्राथमकि स्ववास्थ केन्द्रमा मास्क, सेनीटाईजर सहीत बिभिन्न औषधी उपलब्ध गराईएको हो । सामाग्री हस्तान्तरण गर्दै मन्त्री सरेश नेपाल बराम्चीमा बलेफी र जुगल गाउँपालकिाद्वारा संचालति आइसोलेसन केन्द्रमा पुुुगेर संक्रमतिका अवस्था वुझ्नु भएको थियो । जल्बिरे प्राथामिक स्वास्थ्य चौकी र बलेफी तथा जुगलको सयुक्त क्वारेन्टाइन तथा आइसोलेशन चनौटे मा  आवस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको र त्यँहा आबश्यक पर्ने सामाग्रीहरु पनी केके चाहिने  माग गर्न  साथ उपलब्ध गराउने बताउँनु भयो । कोरोना रोकथाम र नियन्त्रणको लागि बलेफी गाउँपालिकालाई मन्त्री सरेश नेपालले सांसद कोषबाट१० लाख प्रदान गर्नु भएको छ । पालिकामा कोरोना संक्रमितको संख्या बढे पछि नियन्त्रणकालागि  स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत  मन्त्री  सरेश  नेपालको सांसद बिकास कोषमा बाकी रहेको रकम  पालिकालाइ प्रदान गरिएको हो  । उक्त्त रकम बलेफी गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि  खर्च  गर्ने छ । बागमती प्रदेस सरकारले सिन्धुपाल्चोकमा तत्काल अक्सिजन प्लान्टको समेत ब्यबस्था गर्न लागेको छ । पिसीआर मेशिन तथा प्लान्टका लागी आबश्यक प्रकृया शुरु भइ सकेको छ ।  

, , , , ,