सिन्धु पाल्चोक पुरै निषेधाज्ञा प्रहरी द्धारा अक्सजिनको सिलीण्डर बुझाउँन अनुरोध


सिन्धु पाल्चोक जिल्लालाइ २६ गते बेलुका देखी पुरै निषेधाज्ञा क्षेत्र  घोषणा गर्ने निर्णय गरिएको छ ।   साँँझ ६ बजेदेखि लागुु हुनुगरी सिन्धुपाल्चोक जिल्लाभर निषेधाज्ञा  लागु हुने भएको  हो ।


आइतबार बसेको सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले आइतबार साझ ६ बजेबाट बैशाखभर जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रमुख नायब  उपरिक्षक प्रकास सापकोटाले जानकारी दिनु भयो  ।





यस अघि निश्चित क्षेत्र तोकेर निशेधाज्ञा जारि गरिएको थियो ।निशेधाज्ञाको पुर्ण पालना गराउन बैठकले जनप्रतिनिधि परिचालन  गर्ने  निर्णय समेत गरेको छ ।बैठकले जिल्लाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा र टोलहरुमा वडा सदस्यको संयोजकत्वमा कोरोना रोकथाम नियन्त्रण सहजिकरण समिति गठन गर्ने निर्णय  समेत गरेको छ ।सो समितीमा वडाका महिला स्वास्थ स्वयंसेवीका, आमा समूह, युवा क्लब लगाएतका समाजमा अग्रज व्यक्तिहरु सहभागी गराउने निर्णय भएको छ ।त्यस्तै बैठकले पालिकाभित्रको सबै चालु एम्बुलेन्सहरुको तथ्यांक राख्न पालिकाको स्वास्थ शाखाको प्रमुखलाई जिम्मेवारी तोकेको छ भने त्यसको जानकारि सम्पूर्ण जिल्लाबासीलाई गराउन  निर्देशन समेत दिएको छ । यसै बिच  जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकले कोभिड १९ को महामारीमा अक्सजिन सिलीण्डर अभाबका कारण बिरामी उपचारमा ठुलो समस्या देखीएकाले स्वास्थ्य उपचारमा प्रयोग भएका बाहेकका खाली सिलीण्डरहरु  नजीकको स्वास्थय कार्यलय तथा सुरक्षा निकायमा बुझाइ सहयो गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक प्रकास सापकोटाले यस्ता सिलण्डिर बुझाउँन सम्बन्धीत सबैलाइ अनुरोध गर्नु भएको छ । 





, , , , , ,