चौतारासाँगाचोकगढी नगरमा थपीए११६


सिन्धु पाल्चोक जिल्लाको सदर मुकाम चौतारा साँगाचोकगढी नगरपालीकामा पछील्लो बिबरण अनुसार २०२जनामा कोरना परिक्षण गरिएकोमा ११६ जना सक्रीय सक्रमित रहेको जानकारी प्राप्त भएको छ  । चौतारासाँगाचोकगढी नगरपालीका स्वास्थ्य  शाखा प्रमुख शिब पुरीका अनुसार  वडा नं ५मा ७३जना को परिक्षण गरिएकोमा ३८जनामा सक्रमण देखीएको छ । यसै गरी वडा नं ६मा १६जनाको परिक्षण गरिएकोमा ८जना त्यसै गरि १३मा ७३जनाको परिक्षण गरिएकोमा ४२जना जसमा १४ जना पुरानै बिरामी रहेका छन । यसै गरि वडा नं १४ डडवामा ४० जनाको परिक्षण गरिएकोमा २९जनामा सक्रमण्म देखीएको छ । चौतारा साँगाचोकगढी नगरपालीकाले नगरपालीकाको हरेक वडाहरुमा गएर  लक्षण देखीउका बिरामीहरुको स्वाव सङ्कलन गरी रहेको छ ।     


                                       नगरपालीकाका स्वास्थ्य प्रमुख शिब पुरीकै नेतृत्वमा स्वास्थ्य कर्मीहरु हरेक वडामा पालै पालो साँग स्वाव सङ्कलन गर्न लागी परिरहेका छन । सोमबार मात्रै वडा नं ७ कल्लेरीमा र वडा नं १ स्याउलेमा गरी जम्मा १६१जनाको स्वाव सङ्कलन गरीएको छ भने मङ्गलबार वडा नं १० र ११का जम्मा जल्केनी,कार्कीटार, सुकुटे  साँगाचोकगरी २९८जनाको स्वाव सङ्कलन गरी ह्याम्स अस्पतालमा पठाइएको छ । नगरपालीकाका स्वास्थ्य प्रमुख पुरीका अनुसार अब छिटो भन्दा छिटो रिपोर्ट लिनका लागी सबै लागी परेको र अब  २४ घण्टा भित्रै  अस्पतालहरुले रिपोर्ट दिने भएका छन । 


, , , , ,