पोख्रेलको राजिनामा र नियुक्ती प्रती काँग्रेसको आपती


 लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखरेल विरुद्ध प्रदेश सभाका सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरे पछी  राजीनामा दिनु भएकोमा  प्रदेश प्रमुखले उक्त राजीनामालाई स्विकृत गरी पोख्रेललाइ पुन मुख्य मन्त्रीमा नियुक्त गरेपछी अल्पमतमा रहेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको भन्दै बिज्ञेप्ती प्रकाशन गरेर  आपत्ति प्रकट गरेको छ ।


नेपाली काँग्रेस का प्रमुख सचेतक बालकृष्ण खाँडद्धाराजारी बिज्ञेप्ती मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखरेल विरुद्ध प्रदेश सभाका सदस्यहरुले विधिसम्वत अविश्वासको प्रस्ताव दर्ता गरेकामा उक्त प्रस्तावलाई मुख्यमन्त्रीले विधिवत रुपमा सामना गर्नुपर्नेमा नाटकीय रुपमा राजीनामा गरे । प्रदेश प्रमुखले उक्त राजीनामालाई स्विकृत गरी अल्पमतमा रहेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको प्रति गम्भीर आपत्ति प्रकट गर्दछौं । मुख्यमन्त्रीको राजीनामा स्विकृत भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका माननीय सदस्यहरुले बहुमत पु¥याई प्रदेश प्रमुख समक्ष सरकार निर्माणको लागि दावी गर्दा उक्त दावीलाई सहजतापूर्वक स्विकार गर्नुपर्नेमा प्रदेश प्रमुखले बहुमत गुमाई सकेका नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री मै नियुक्ति गर्नु संविधान, संसदीय प्रकृया र लोकतान्त्रिक पद्धतिको बर्खिलाफ हो । यसरी विधि विपरित गरिएको मुख्यमन्त्री नियुक्तिको नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ ।तसर्थ संविधान विपरित भएको नियुक्तिलाई बदर गरी बहुमत पु¥याई प्रस्ताव गरिएका दल र संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न जोडदार माग गर्दछौं भनीएको छ । 


, , ,