युवाहरुको अगुवाइमा स्वास्थ्य सामाग्री बितरण

 



  इन्द्रावती गाउँपालिका  वडा नं ९ का युवा हरुले स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्नेु हेतुका साथ आपसमा खर्च जुटाएर वडाध्यक्ष्य बाबुराम लामा एबम स्थानीय समाजसेवी उमाकान्त लम्साल ,बासुदेब लम्सालको उपस्थितिमा स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

सँसारभर छरिएर रहेका युवाहरु ले  गाँउमा  रहेका सबै नागरिकलाइ जम्मा जम्मी  सेनिटाइजर ४० लिटर , मास्क ११ हजार पिस ,साबुन हजार पिस ,औषधि लगायतका सामान

बितरण गरेको  समाजसेवी छत्रलाल श्रेष्ठले बताउनुभयो।


सो सामानहरु स्थानीय  युवाहरुले घर घरमा गइ कोरानाबाट बच्नका लागी अनाबश्यक घर बाहीर ननिस्कन, घर बाहीर जान परेमा मास्कको प्रयोग गर्न , बाहीर गएर आएपछी साबुन पानीले राम्रो साँग हात मुख धुन अनुरोध गर्दै प्रत्यक घरका जनसंख्याका आधारमा मास्क स्यानेटाइजर, साबुन बितरण गरेको राजकुमार लम्सालले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।


गाँउमा रहेको  स्वास्थ्य सस्थालाइ आईसोलेसन केन्द्र संचालनका लागि 

बेड ४ थान

सेनिटाईजर५  लिटर   

अक्सीमिटर (२ पिस 

गन थर्मामीटर (१ पिस

औषधि 

तत्काल ईन्द्रावति ९ मा पठाएको अभियान्ता शुदर्सन लम्सालले बताउनु भयो।

आबश्यक परेमा फेरी पनी सहयोग गर्ने र आइसोलेशन भवन बनाउन मद्द्त गर्ने विशाल श्रेष्ठले  जनाउनुभयो।

आफू हरुले पठाएका सामग्रीहरु निश्पक्ष रुपमा सबै आमा बुबा दाजु भाइ दिदी बहिनी हरुलाइ पुर्याउनु हुनेछ भन्ने बिस्वास लिएको भन्दै  सहयोग गर्नु हुने सबै मा हार्दिक धन्यवाद समेत अभियानमा सलग्न सोम लम्सालले ब्यक्त गर्नु भएको छ 

, , , , ,