पहीले जनता बचाउँ अनी राजनीती गरौला ःपुर्व मन्त्री बस्नेत


१नेपाली कांग्रेसका केन्द्रीय सदस्य खेलकुद बिभागका संयोजक पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ले पहीले  जनता बचाउँ अनी मात्र राजनीती गरौला भन्दै राहतमा जुटीरहन् भएको छ ।




चाहे जुरे पहीरो होस चाहे भुकम्प, चाहे महामारी ससद हुदा होस या मन्त्री हुँदा अहीले कुनै पदमा नहुँदा पनी जिल्लाका समस्या समधान गर्न लागी पर्नु भएका बस्नेतले गत हप्ता गरेको एैतीहाँसिक   घोषणा पुरा हुन लागेको छ । उँहाले १ महीना भित्र संञ्चालन मा आउँने गरि कोभिड उपचार केन्द्र स्थपना गर्ने घोषणा गरेका हप्ता दिन भित्रै आबश्यक सामाग्रीहरु सिन्धुपाल्चोक आइ पुगेको छ । 

केही दिन अघि मात्रै अर्थात् गत बैशाख २८ गते सिन्धुपाल्चोकमा एक महिना भित्र संचालन हुने गरी कोभिड–१९ का बिरामीलाई निशुल्क उपचार गर्ने उद्देश्यले अक्सिजन र भेण्टिलेटर सहितको १०० बेड को अस्पताल बनाउने घोषणा गरेको केही समय भित्रै उक्त अस्पतालको लागि चाहिने १०० वटा बेड, १०० वटा अक्सिजन सिलिन्डर लगायतका विभिन्न सामग्रीहरु आईपुगी सकेको हो ।साथै उक्त अस्पतालको लागि चाहिने धेरै सामान आईसकेको र केही सामान मात्रै आउन बाँकी भएकोले उक्त अस्पपताल तयार हुन एक महिना पनि नलाग्ने कुरा नेता बस्नेतले बताउनु भयो ।

अब सिन्धुपाल्चोकका कुनै पनि जनता कोरोनाको कारण उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने पनि उहाँले बताउनु भएको छ । उहाले खाडीचौरको सदाबहार अस्पताल लाइ केन्द्र बिन्दू बनाएर तत्काल बाह्र्बिसेको अस्पताल, , चौतारा अस्पताल जल्बीरे अस्पताल मेलम्चीको अस्पताल, नवलपुर अस्पताल तातोपानी बोर्डरको चाकु लगाएतका स्थानहरुमास्वास्थ्य सामामग्री सहीतको उपचार ब्यबस्थापन गरिने बताउँनु भयो । उँहाले जनता रहे मात्र नेता रहने भएकाले जनताको समस्यालाइ आफ्नै समस्या ठानेर समधानमा लागी पर्नु पर्ने बताउँनु भयो ।


उँहाले सिन्धुपाल्चोकका हरेक नागरिक  आफ्नै घरका परिबार सरह भएको बताउँनु हुँदै बस्नेतले स्वास्थ्य लाइ पहीलो प्रथमिकतामा राखेर काम गर्न पर्ने बताउँनु भयो । १००बेडको अस्पताल भने सुनकोशी गाँउपालीका वडा नं ६  स्थित खेल मैदानमा बन्ने भएको छ । कोरोनाको महामारीको कारण देशभर अक्सिजनको अभाव देखिरहेको बेला पुर्वमन्त्री मोहन बहादुर बस्नेतको पहलमा १०० शैयाको कोरोना अस्पताल बनाउने भनि करिब २ हप्ता अघि दिनुभएको प्रतिबद्धता अनुसार शुक्रबार बाह्रविसे बजारमा ४० लिटर क्षमता भएको १०० अक्सिजन सिलिन्डर,१०० शैया (बेड)  र १ दुइ लाख वटा मास्क  भित्राउनुभएको हो  । बस्नेत ले मेडिकल सामाग्री जिल्ला भित्र भित्राए पछि पत्रकार सम्मेलनमा बोल्दै आफुले जनतामाझ गरेको प्रतिबध्दताको पहिलो चरण पुरा गरेको र यसलाइ सफल बनाउन हरेक जनताले कुनै राजनीतिक दल , जाति लगायतका आपसि झमेलाहरुलाइ टुङ्ग्याउन सकेमात्र  यो महामारीको चपेटबाट बाहिर निस्कन सक्ने भएकाले सबै जनता एक हुन समेत आव्हान गर्नुभयो ।


, , , , , ,