डडुवाका युवाहरुको सक्रियतामा स्वास्थ्य सामाग्री बितरण


 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४डडुवा बस्नेत गाँउका युवा हरुले आपसमा खर्च जुटाएर मास्क , स्यानेटाइजर , साबुन बितरण गरेका छन ।


काठमाण्डौ लगाएत बिभिन्न स्थानमा रहेर काम गरिरहेका बस्नेतगाँउका युवाहरु ले  गाँउमा  रहेका अर्थात १४ न वडामा रहेका सबै नागरिकलाइ प्रतिब्यक्ती तिन वटा मास्क, प्रतीघर एउटा ओर्जीनल सिलप्याक स्यानेटाइजर, र हात धुनका लागी साबुन समेत उपलब्ध गराएका छन ।

सोही सामानहरु  बलराम बस्नेत, शम्भु बस्नेत, चोकबहादुर बस्नेत, हरि बानीया लगाएतका ब्यक्तीहरुले घर घरमा गइ कोरानाबाट बच्नका लागी अनाबश्यक घर बाहीर ननिस्कन, घर बाहीर जान परेमा मास्कको प्रयो गर्न , बाहीर गएर आएपछी साबुनािनीले राम्रो साँग हात मुख धुन अनुरोध गर्दे प्रत्यक घरका जनसंख्याका आधारमा प्रति ब्यक्ती तनिवटा मास्क र प्रतिघर १।१थान स्यानेटाइजर, साबुन बितरण गरेको हो ।

युवा सरोज बोहोरा, शहदेब बस्नेत, सुजन बस्नेत, लगाएतका ब्यक्तीहरुको सक्रियतामा सामग्री सङ्कलन गरि बितरणका लागी गाउँमा ल्याइएको हो ।

यस कार्यका लागी  दिपेश भण्डारीबाट रु ६२००।बिबेक बस्नेतबाट रु ६२००।सुजन खड्काबाट रु ५६८०।आकाश बस्नेतबाट रु ३१००। काजिराम बस्नेतबाट रु २०००। नगद प्राप्त भएको र शहदेब बस्नेतले १००० पिस  मास्क  सुजन बस्नेतले १००० पिस मास्क  सरोज बोहरा ले१००० पिस मास्क  दिपक बस्नेतले सानो १०० पिस सेनिटाइजर . दिपक बस्नेत ५८ वटा साबुन  अन्जन बस्नेत ५०० पीस  मास्क सहयोग गर्नु भएको अभियान्ता सरोज बोहोराले जानकारी दिनु भयो । उाहाका अनुसार मास्क ६००० पिस सेनिटाइजर २१५पिस, साबुन १००  पिस उपलब्ध भएको छ ।



गाँउमा रहेको २वटा स्वास्थ् सस्थालाइ भने  फेश सिल्ड मास्क स्यानीटाइजर को ब्यबस्था गरेको समेत बोहोराले जानकारी दिनु भयो ।


आबश्यक परेमा फेरी पनी सहयोग गर्ने बताउँदै बोहराले सिंगो १४ नम्बर ओडा का सबै नगरिकहरुलाइ पुग्ने गरि माक्स बितरण गरिनेछ ।

हामी आफैँ बसेर प्रत्यक घरघरमा पुगेर स्वास्थ स्थिती बुझ्दै  सामग्री बितरण गर्ने मन हुदाँ हुँदै समय परिस्थिति का कारण हामिले गाउँ मा सामन छोडेर आउन मात्र बिबश भयौं । हामिले पठाएका सामग्रीहरु निश्पक्ष रुपमा सबै आमा बुबा दाजु भाइ दिदी बहिनी हरुलाइ पुर्याउनु हुनेछ भन्ने बिस्वास लिएका छौँ  भन्दै  सहयोग गर्नु हुने सबै मा हार्दिक धन्यवाद समेत ब्यक्त गर्नु भएको छ । 


, , , , , ,