गलैचा बुन्ने एक महिने तालिम सम्पन्न



सिन्धुपाल्चोक जिल्ला पाचपोखरि गाउपालिका वडा न ६ मा सञ्चालित गलैचा बुन्ने एक महिने तालिम बिहिबार सम्पन्न भएको छ।


घरेलु तथा सानाउधोग कार्यलय  सिन्धुपाल्चोकको आर्थिक सहयोगमा  नेत्र ज्योति कृषि सहकारि सस्थाको आयोजना मा  २०७८ बैशाख९गते देखि  शुरु भएको गलैता बुन्ने तालिम जेष्ठ १० गते सम्पन्न भएको हो ।

कार्यक्रमको समापन गर्दै घरेलु तथा साना उघोग कार्यलयका  निमिक्त कार्यलय  प्रमुख प्रबिण कुमार बस्नेतले  हरेक नागरिकलाइ आत्मा निर्भरताका लागि साना ठुला उधोग गरेर जेजस्तो सकिन्छ  सकेको उधोग  गरेर   आर्थिक समस्या समधान गर्न  पर्ने बताउनु भयोउँहाले यसरी गाउँ घरमा  बस सीप सिकेर काम गर्न सके गाउको बिकासमा सहयोग पनि पुग्ने ,रोजगारका लागि बिदेशिन नपर्ने , मेहनत  परिश्रम गर्दा स्वास्थ्य समेत बलियो हुने बताउनु भया्े।सहभागिहरुलाइ प्रमाणपत्र बितरण  गर्दै बस्नेतले  गाउमा बसेर उध्योग गर्नका लागि घरेलु तथा साना उधोग कार्यलय सिन्धुपाल्चोकले  आर्थिक, प्राबिधिक, सहयोग गरिरहेको ले यस्ता उधोगिहरुलेकार्यलयमा सम्पर्क राख्न अनुरोध गर्दै घरेलु तथा सानाउधोग कार्यलयको चाहाना अनुसार  नेत्रज्योति कृषि सहकारि सस्था ले महिला हरु र त्यस मध्य पनि  दलित जनजातिलाई  सहभागी गरायर तालिम दियकोमा धन्यबाद दिनु भयो ।


आगामिदिनहरुमा पनि  सहकारिले  यस्ता तालिम का कार्यक्रम  सञ्चालन गरि रहने बताउदै तालिममा सहभागी हरुलाई विशेष धन्यबाद ब्यक्त गर्नु भयो ।


नेत्र ज्योती कृषी सहकारी सस्थाका सचिब मोहन बस्नेत शम्भुले यो सहकारीले बिगतका दिनमा    बिद्यालयमा खुवाउँदै आएको दिवा खाजामा चाउचाउ र बिस्कुट हटाएर स्थानीय स्तरमा नै उत्पादन भएका सामाग्री धान कोदो मकै बाट बनेका परिकार खुवाउँन शुरु गरेको र बाँझो रहेका जमीनलाइ खेती गर्न प्रेरेणा दिदै अहिले तिमुर खेतीलाइ प्रथमिकतामा दिइ रहेको जानकारी दिदै पाँचपोखीमा पनी यसरी तालीम सञ्चालन गर्न पाएकोमा पालीका परिबारलाइ नै बिशेष धन्यबाद दिनु भयो ।

उँहाले आगामी बर्ष साना उदोग गर्न चाहाने पालीका बासीलाइ प्राबीधिक सहयोग गर्ने सहकारीको उद्धेश्य रहेको समेत बताउँनु भयो ।


तालिममा सहभागी निसा नेपाली ले  नेत्रज्योति कृषि सहकारि सस्थाले पाँचपोखरि गाँउपालिका मा  आयर घरमा बेरोजगार भएर बसेका हामी महिलाहरुलाई  गलैचा बुन्नका लागि तान,धागोहरुको समेत ब्यबस्था गरि

विशेष गिर दलित जनजाति महिला हरुलाइ प्रथमिकता दिई तालिम दियकोमा विशेष धन्यबाद दिदै आगामि दिनमा यस्ता  किसिमका घरमानै बसेर काम गर्न सकिने खालका तालिम सञ्चालन गर्न अनुरोध गर्नु भयो।




सहभागिहरुको तर्फ बाट  सरिता श्रेष्ठले  नेत्र ज्योति कृषि सहकारि सस्थाले हामी  गाउवासिका मागलाइ  केही मात्रमा भय पनि  परा गर्न तालिमको ब्यबस्था मिलाएको मा विशेष धन्यबाद दिनु भयको थियोकोभिडका कारण ठुलो कार्यक्रम नगरि स्वास्थयको ख्याल राखी   कार्यक्रम गरिएको थियो ।

, , , , , , , , , , , , , , , , , , ,