त्रिपुरामा पच्चिस ओटा अक्सिजन सिलिन्डरको ब्यबस्थापन


कल्पना थामी 

सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँ पालिकामा चालिस लिटरको पच्चिस ओटा खाली अक्सिजन सिलिन्डरको ब्यबस्थापन गरिएको छ।


यो खालि सिलिन्डर भर्न सि. पी फाउन्डेसन नेपाल तौथलीबाट पुर्ण रुपमा आर्थिक सहयोग गरिएको यस गाँउपालिकाका प्रमुख भुपेन्द्र श्रेष्ठले बताउनु भएको छ। नँया भेरियन्टको कोरोना ब्यापक रुपमा फैलिएको कारण  गाउँ पालिकाका छ ओटै वडाका नागरिकहरुलाई मध्यनजर गरि सजिलोसँग स्वास्थ्य उपचार गर्न यो अक्सिजन सिलिन्डरको ब्यबस्थापन गरिएको हो। कोभिडबाट बच्न तौथलीका युबाहरुले पनि घरघरमा पुगेर सेनिटाईजर र माक्स वितरण गर्दै आइरहेको छ।


, , , , ,