लिसंखुपाखरले ल्यायो पालीकाबासीलाइ उपचारको ब्यबस्था


सिन्धुपाल्चोक जिल्लाको  लिसंखुपाखर गाँउपालिकाले कोभिड १९का बिरामिहरुलाइ उपचार गर्न बिशेष सहयोग गर्ने भएको छ ।


गाँउपालीकाले स्वास्थ्य मापदण्ड प्रयोग गर्न र अनाबश्यक हिड डुल नगर्न अनुरोध गरेको छ । स्वास्थ्य नै  मानीसको मुख्य धन भएका ले स्वास्थ्य रहनुनै पहीलो कर्तब्य हुने   बताउँदै गाँउपालीकाका अध्यक्ष  कमल नेपालले रोग लागे पछी उपचार गर्नु भन्दा रोग लाग्नैनदीन तर्फ सबै लागी पर्नू पर्ने बताउँनुभयो । उँहाले रोग लागी हाले मा उपचारमा सहजता गर्न पालीकाले  बिशेष बार्यक्रम ल्याएको बताउँनु भयो । गाउँपालिकाले उपाध्यक्ष हेमगंगा मोक्तानको संयोजकत्वमा बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित विरामिलाई स्वास्थ्यमा समस्या देखिएर  डाडापाखर वा सिन्धु सदावहार अस्पताल जानुपरेमा निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने आर्थिक अवस्था कमजोर भएका विपन्न नागरीकलाई पोषण खर्च वापत पति संक्रमित ३ हजार उपलग्ध गराईने, उक्त अस्पतालमा उपचार हुन नसकेर अन्यन्त्र थप सुविधा सहितको अस्पताल लैजान डाक्टरले सिफरिस गरेमा सिफारिसका आधारमा थप औषधी उपचार वापत १० हजार लिसंखुपाखर गाउँपालिकाले उपलग्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दि नु भयो । सिन्धु सदावाहर अस्पताल वा डांडापाखर अस्थाई कोभिड अस्पतालमा अक्सिजन सहितको सामान्य औषधी उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने भएको छ भने यदी पालीका भित्रका कुनै ब्यक्तीको कोभिडका कारण उपचारको क्रममा  निधन भएमा पालीकाले रु १५००० पन्ध्रहजार  मृतकका परिबारलाइ सहयोग उपलब्ध गराउँने निर्णय भएको छ   । पालिकाले गाउँपालिका भित्रको विभिन्न स्थानको होटल ,पसल , ब्यवसाय जस्ता भिडभाड हुने क्षेत्रहरुमा पिसिआर नमुना संकलन गरी संक्रमणको अवस्था पहिचान गर्ने काम गरीरहेको समेत पालीकाले  जनाएको छ । पालीकाले आनाबश्यक हिडडुल नगर्न निषेधाज्ञाको पुर्ण पालना गर्न अनुरोध गरेको छ । 


, , , , ,