ओलीद्धारा प्रधानमन्त्रीको बहाली एकजुट भएर महामारी रोकथाममा लाग्न आह्वान


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि शुक्रबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गर्नुभयो । 




 महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ ।’’

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गर्नुभयो । उहाँले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा  जोड दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।यस अघीराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो । शुक्रबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सिफारिसबमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।जसमा केपी शर्मा ओली प्रधानमन्त्री रक्षा, ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयश्र, रामबहादुर थापागृह,टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, विष्णुप्रसाद पौडेल अर्थ

प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र

हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या


लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

प्रभु साह मन्त्री शहरी विकास

भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

मणिचन्द्र थापा मन्त्री खानेपानी

पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास

वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

पार्वत गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि,डा. शिवमाया तुम्बाहाङफे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,लिलानाथ श्रेष्ठकानून, न्याय तथा संसदीय मामिला,गणेशसिंह ठगुन्ना सङ्घीय मामिला तथा सामान्य प्रशासन,प्रेमबहादुर आले वन तथा वातावरण,

जुलीकुमारी महतोमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक,

दावा लामा तामाङ युवा तथा खेलकुद,मन्त्रीमा नियुक्ती गर्दै सपथ गराउँनु भएको छ। यसै गरि राज्य मन्त्रीहरुमा नवराज रावत स्वास्थ्य तथा जनसङ्ख्या,रामबिर मानन्धर शहरी विकास,विमला वि.क. उद्योग, वाणिज्य तथा आपूर्ति, रहनु भएको छ । 

 






















, , , , , , ,