सुनकोशी गाउँपालिले अक्सिजन प्लान्ट स्थापना गर्ने




रूपक पुरी

 कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले  सुनकोशी गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको गाउँ पालिकाका अध्यक्ष श्रवण जिसिले बताउनुभयो ।

अध्यक्ष जिसिका अनुसार कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढिसकेको  छ ।

, , , , , , , ,