मेलम्चीलाई नगरपालिकालाई व्यवसायी पाण्डेद्वारा स्वास्थ्य सामग्री सहयोग


रूपक पुरी


कोरोना भाईरसको दोस्रो लहर फैलियसँगै मेलम्ची नगरपालिकालाई  युवा व्यवसायी मनिषराज पाण्डेले विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको छ ।

 युवा व्यवसायी पाण्डेले नगरपालिकालाई एक सय लिटर स्यानिटाईजर, ३५ हजार पिस सार्जिकल मास्क र २० थान पिपिई सेट सहयोग गरेको  पाण्डेले बताउनुभयो ।



स्वास्थ्य सामग्री उपलब्ध गराई नगरपालिकालाई सहयोग पुर्याएकोमा नगरप्रमुख अर्यालले पाण्डेलाई धन्यवाद दिँदै नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएकाले केही स्थानहरु सिल गरिएको समेत बताउनुभयो  । नगरपालिकाले जेठ ८ गते राति १२स्०० बजेसम्म नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरू सिल गरेको छ ।

, , , , , ,