स्वास्थ सामाग्री बितरण सँगै निशुल्क एम्बुलेन्स सेवा



कुमार बस्नेत (अधिराज)


सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाउँ पालिका वडा न ५ का स्वस्थ्य चौकि हरूमा धर्म गुरू पेमा दोर्जे लामा र युव व्यावसायि एवं समाजसेवी कर्म लामा  ले औषधी को लागि नगद  सहयोग गर्नु भएको  छ । नेपाली कांग्रेस महासमिती सदस्या एवं समाजसेवी , नेपाल रेडक्रस सोसाइटीका  प्रेम लामाको पहल मा विभिन्न रोगको औषधी , मास्क २५०० थान , सरसफाई को सामाग्री , निर्मुलीकरण गर्न प्रयोग हुने सामग्रीहरू उपलब्ध गराउँनु भएको  छ ।  सुनकोसी गाउँपालिका वडा ५ वडा अध्यक्ष कृष्ण बहादुर खड्का र सदस्या प्रेम ध्वोज लामा को बिशेष उपस्थितीमा उक्त सामाग्री सुनकोसि ५ रतनकोट स्वस्थ्य चौकि र भोटेयमुना देबिस्थान स्वस्थ्य चौकि मा हस्तान्तरण गरिएको हो  ।


सोही अबशरमा  सुनकोसि ५भोटेयमुना का युवा हरू सोनाम लामा ,कार्साङ लामा ,रबिकास लामालगायत को अगुवनईमा तामाङ हरूको घाट  सतहल निर्मान भैरहेको ठाँउको निरिक्षण गरि नेपाली काँग्रेस महासमिति सदस्य तथा समाज सेबि प्रेम लामाले सतहल निर्माण खटिने हरूका लागि खाजा खान बापत  नगद पाँच हजार र माक्र्स सेनि टाईजर समेत सहयोग गर्नुभएको छ । 

यसै बिच सुनकोशी गाँउपालीकामा सञ्चालीत तिन वटा एम्बुलेन्सहरुलेकोभिडका बिरामी बोक्नका लागी निशुल्क सेवा दीने भएका छन। कोरोना भाइसर संक्रमण अबधिभर संक्रमित र अन्य रोगका बिरामीलाई निशुल्क आवतजावतको सेवा दिने बताउँदै समाजसेवी रामचन्द्र  भण्डारीले महामारीका बेला बिभिन्न रोगले बिरामी परेका सुनकोशीबासीलाई बचाउन आफूले उक्त सेवा दिने जानकारी दि नुभयो ।

सिन्धुपाल्चोक घर भई कोरोना भाइरस संक्रमितलाई उपत्यकाबाट सिन्धुपाल्चोक र सिन्धुपाल्चोकबाट उपत्यका र आईसोलेसनमा ल्याउन र पु–याउन निशुल्क एम्बुलेन्स सेवा दिन लागेको अर्का समाजसेवी उद्धब भण्डारीले बताउँनु भयो  ।समाजसेवी उद्धव भण्डारीको ९८४११४०६२२ मा र अर्का समाजसेवी रामचन्द्र भण्डारीको ९८४९०४६३४२ मा र  सक्कुल बस्नेतको ९८४९६९५०८५ मा सम्पर्क गरेर  निशुल्क सेवा लिन सकिनेउँहाहरुले बताउँनु भएकोछ । 


, , , ,