सामाजीक सुरक्षा भत्ता का कारण बलेफीमा लफडा


 सिन्धु पाल्चोक जिल्लाको बलेफी गााउपालीकाले कोभिड बिरुद्धको खोप किन्ने र कोभीड लक्षण देखीएकाहरुलाइ प्रती ब्यक्ती पौष्टीक आहार खानको लागी रु दूइ हजारका दरले नगद सहयोग गर्ने भएको छ । पालीकाको १६गते बसेको कार्यपालीकाको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले , नेपाल पत्रकार महासंघको कोभिड राहत कोषमा रु एकलाख रुपैया सहयोग गर्ने समेत निर्णय गरेको छ । यसै बिच बलेफी गाँउपालीकाका सामजीक सुरक्षा भत्ता पाउँने नागरिकलाइ बैङ्कले समयमा भुक्तानी नदीए पछी बैङ्क र पालीकाका अध्यक्ष बिच बिबाद भएको छ । सोही बिषयलाइ लिएर वडा अध्यक्ष र पालीका अध्यक्ष बिच पनी  बिबाद भएको थाहा भएको छ ।

नेपाल सरकारले बैङ्क मार्फत सामाजीक सुरक्षा भत्ता  दिन थाले पछी बलेफी गाँउपालीकाले पनी एन आइ सी एसिया बैङ्कखाडीचौउरशाखा र बलेफी शाखामार्फत वडा नं ४देखी ८सम्म र राष्टीय बाणीज्य बैङ्क जल्बीरेमार्फत वडा नं १देखी ३ सम्म का सामाजीकसुरक्षा भत्ता दिनका लागी पालीकाले बजेट निकासा गरेको  थियो । जल्बीरेले  चैत्र १८बजेट प्राप्त हुनासाथ सामाजकि सुरक्षा भत्ता दिएको तर खाडी चौउरले लामो समय सम्म पनी सामाजीक सुरक्षा भत्ता नदीए पछी बिबाद शुरु भएको हो ।

गाँउपालीकाका अध्यक्ष केदार क्षेत्रीले सामाजीक सुरक्षाको भत्ता नपाए पछी पालीकामा  नागरिकको गुनासो आउँन थालेको र बिश्वब्यापी रुपमा फैलिएको महामारीका कारण भिड भाड पनी गर्न नहुने रकम पनी आबश्यक भएको  गुनासो बारम्बार आउँन थाले पछी बैङ्कमा म आँफै बैङ्कको शाखा कार्यलय खाडीचौउर  जाँदा समेत  सामाजकि सुरक्षा भत्ता  बितरणमा ढिलाइ गरे पछी प्रशासनमा गएँ  त्यस पछी केन्द्रीय कार्यलय समेत धाए पछी  सामाजीक सुरक्षा भत्ता बितरण गर्ने प्रतिबद्धता भएको थियो तर अझै पनी सबैले रकम पाइ नसकेको   हँुदा आफुलाइ चिन्ता लागीरहेको  बताउँनु भयो । उँहाले वडा न ७का वडा अध्यक्ष कार्केललामालाइ बैठकबाट निकालीएको भन्ने बिषयका बारेमा खाडीचौउर बैङ्कको मेनेजर वडाअध्यक्षको छोरी हुनुहुदोरहेछ , मैले त सामाजीक सुरक्षा भत्ता छिटो दिनुहोस भनेको उँहाले मेरो छोरीलाइ आदेस गर्ने भनेर रिसाउँनु भयो  अनी कार्यपालीकाको बैठकमा कुरा उठाउँदा उँहाले माफी मागेर बाहीर निस्केको हो निकालेको होइन अध्यक्ष क्षेत्रीले  बताउँनु भयो । यसै बिच नेकपाएमाले  बलेफी गाउँ कमीटीले   बिबादको बारेमा बिज्ञेप्ती जारी गरेर लेटरप्याडको दुरुपयोग भएको जनाएको छ । 


, , , ,