कोभिडरोकथामको लागी बढ्यो चौताराको सक्रीयता




 सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगचोकगढी नगरपालिका भित्र कोभिड १९ को संक्रमितहरु बढन थालेपछि नगरपालिकले सर्वपक्षीय बैठकको आयोजना गरेको छ ।


मंगलबार कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि हालसम्म गरिएको गतिविधि, पूर्वतयारी एवम् थप कार्य गर्नका लागि सुझाव संकलन गर्ने हेतुले सरोकारवालाहरुसँग बैठक गरिएको हो ।

बैठकमा नगर प्रमुख अमानसिं तामाङले दोस्रो चरणको कोरोना महामारी सुरु भएसंगै नगरभित्र आईसोलेशन केन्द्र संचालनलाई प्राथमिकता दिएको जानकारी दिनु भयो  । प्रमुख तामाङले जिल्ला समन्वय समितिको भवनमा ९ , फिल्ड ट्रेनिङ सेन्टरमा १२ र चौतारा अस्पतालमा ५ गरि २६ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याइए जानकारी दिनुभयो  । बैठकमा  निमित्त  प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले चौतारा साँगाचोकदढी नगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि तीव्रता दिएपनी अन्य पालिकाहरुले त्यति तयारी गरेको नदेखीएको बताउँनु भयो  । अधिकारी खनाले कोभिड १९ नियन्त्रणका लागि पूर्वतयारीमा तिव्रता दिन आग्रह गर्नु भयो ।


गोरख बहादुर गणका प्रमूख अनिल श्रेष्ठले भाइरस नियन्त्रणसँगसँगै शव ब्यवस्थापनमा पूर्वतयारी अपुग रहेको भन्दै यसतर्फ पनि योजना बनाउन सुझाब दिनु भयो  । प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले केही समय कडा लकडाउन आवश्यक्ता रहेको बताउँनु भयो  । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंलेले समुदायमा कोरोना भाईरस संक्रमण भूसको आगो जस्तै सल्किएको जानकारी गराउँदै होम आइसोलेशनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र थप उपचारका लागि स्वास्थ्यकर्मीको सहभागितामा पालिकाले छुट्टै कार्यदल बनाएर परिचालन गर्नुपर्ने सुझाब दिनु भयो  ।

उपमेयर जानुका पराजुलीले कोभिड विरुद्धको युद्धमा सबै एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै बैठकमा आएका सुझावहरुलाई कार्यन्वयन गरिने प्रतिबद्धता जाहेर गर्नु भयो  ।

बैठकमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सञ्चार कर्मीहरुले जोखीम मोलेर काम गरिरहेको बताउँदै यो  माहमारीमा नागरिकको स्वास्थ्य सुरक्षाका लागी सबै मिलेर योजना ल्याएर कार्यन्वयन मा  जान पर्ने सुझाब दिनु भयो । छलफलमा  , उधोग बाणिज्य संघका श्याम कृष्ण श्रेष्ठ, गैसस महासंघका अध्यक्ष राजेन्द्र शर्मा, निर्माण ब्यवसायी संघका अध्यक्ष छत्र तामाङ लगाएतले कोभिड १९ नियन्त्रण र रोकथामका लागि आ आफ्नातर्फबाट सुझाब दिनु भएको थियो  । 


, , , , ,